आपूर्ति व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री शाहको निर्देशन

आपूर्ति व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री शाहको निर्देशन
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री शाहले पेट्रोलियम पदार्थ आपूर्ति चुस्त बनाउन निर्देश, कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिए।
  • बैठकमा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्थापन अनुगमन थप प्रभावकारी बनाउने र सरकारी निकायलाई सहजीकरण गर्ने निर्णय भयो।
  • सुदूरपश्चिममा खाना पकाउने ग्यास अभाव नरहेको र डिजेल, पेट्रोलको आपूर्ति सहज रहेको जानकारी दिइयो।

सुदूरपश्चिम –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनका विषयमा आज धनगढीमा बसेको बैठकमा मुख्यमन्त्रीले अहिलेको अवस्थामा खाना पकाउने ग्याससहितको पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुनसक्ने सम्भावनालाई गम्भीर रुपमा लिई यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गर्नसमेत निर्देशन दिए।

बैठकले खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन तथा आपूर्ति व्यवस्थालाई नियमन गर्न सरोकारवाला सरकारी निकायलाई व्यावसायिक सङ्घ संस्था, उपभोक्तावादी सङ्घ संस्थालगायतले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख लक्ष्मीप्रसाद जैसीले सुदूरपश्चिममा हालसम्म खाना पकाउने ग्यास अभाव नरहेको जानकारी दिए। उनले भने, “डिजेल, पेट्रोलको आपूर्ति व्यवस्था आजसम्म सहज नै छ, अहिलेको अवस्थामा खाना पकाउने आधा सिलिन्डर ग्यास बिक्री गर्नुपर्ने सरकारी नीति भए पनि सुदूरपश्चिममा ग्यास अभाव छैन।”

बैठकमा प्रदेश सरकारका सचिव, कैलाली र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख, नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख, उद्योग वाणिज्य सङ्घ, ग्यास डिलर्स एसोसिएसनका प्रतिनिधिलगायतको सहभागिता थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?