मोरङ – बूढीगंगा गाउँपालिकामा आगलागी हुँदा मुसहर बस्तीमा क्षति पुगेको छ। गाउँपालिकाका अध्यक्ष जितनारायण थापाका अनुसार बुधबार भएको आगलागीमा ११ वटा घरटहरा जलेर खरानी भएको छ।
अध्यक्ष थापाले दिउँसो आगलागी तीव्ररुपमा बढेपछि गोकुवास्थित मुसहरी टोलका घर जलेर खरानी भएकाे बताए। मुसहरबस्तीमा एकपरिवारले खाना पाएर आगो ननिभाउँदा फैलिएको हुनसक्ने वा अर्कोेतर्फ, विद्युत सर्टसर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगलागी भएको खबरसंगै विराटनगर महानगरपालिकाका दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको थियो ।
गाउँपालिका अध्यक्ष थापाले बस्तीमा ११ परिवारका ४९ जना सदस्य रहेकाछन् । उनीहरुको सबै बस्तु खरानी भएको बताएका अध्यक्ष थापाले गाउँपालिकाले खाद्यान्नतर्फ, चामल, तेल, आलु, दाल, च्यूरा, म्याटे«स, लत्ता कपडा, त्रिपाल उपलब्ध गराएको बताए । बस्तीका घरहरू प्रायः फुसको छाना र टाटीबेराले बनेका भएकाले आगोले छिट्टै विकराल रूप लिएको स्थानीयको भनाइ छ ।