मोरङको रङ्गेलीबाट आमाको नामबाट नागरिकता वितरण, थप २१ जनाको आवेदन स्वीकृत

मोरङको रङ्गेलीबाट आमाको नामबाट नागरिकता वितरण, थप २१ जनाको आवेदन स्वीकृत
+
-

मोरङ – रंगेलीबाट पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार रंगेलीस्थित इलाका प्रशासन कार्यालयमार्फत पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गरिएको हो।

यसका लागि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल रंगेलीस्थित कार्यालय पुगेका थिए। नागरिकता वितरण गर्दै प्रजिअ कट्टेलले सेवाग्राहीको सहजता र सुलभ तरिकाबाट सेवादिनका लागि रंगेलीबाटै आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको बताएका छन्।

आमाको नामबाट नागरिकता लिन विराटनगर आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न रंगेलीमा काम सुरु गरिएको उनले बताए। इलाका प्रशासन कार्यालय रङ्गेलीका अनुसार रंगेली नगरपालिका–६ का कपिल कर्मकार र विदुर कर्मकारले आमाको नामबाट नागरिकता लिएका हुन्।

बुवाको निधन भइसकेको अवस्थामा उनीहरुले मामा फुलोदेवी मिस्त्रीको नामबाट नागरिकता लिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आमाको नामबाट नागरिकता लिनका लागि रंगेलीबाट २१ जनाको आवेदन स्वीकृत भइसकेको छ। प्रमुख जिल्ला अधिकारी कट्टेलले स्वीकृति दिइसकेको बताउँदै इलाका प्रशासन कार्यालय रङ्गेलीका प्रमुख रोशन अधिकारीले सबैलाई नागरिकता वितरण गर्ने जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?