- १५ खेलाडी र अन्य सदस्यसहित १८ सदस्यीय टोलीको घोषणा, पाँच जिल्लाबाट खेलाडी छनोट गरिए।
- झापाका सुजन थपलियालाई कप्तान नियुक्त गरी अंकित सुवेदीलाई विश्राम दिइएको छ।
- प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुने, उपाधि बैशाख ४ गते वीरगञ्जमा हुनेछ।
माेरङ – आउदो शनिबारबाट (चैत्र ७ गते) सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका लागि कोशी प्रदेशको टोलीको घोषणा गरिएको छ।
कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डेका अनुसार बुधबार १५ खेलाडी, प्रशिक्षक, टोली ब्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा भएको हो।
उनका अनुसार प्रदेशका पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरबाट खेलाडी चयन भएकाछन् । यस प्रतियोगिताका लागि अंकित सुवेदीलाई कप्तानीबाट विश्राम दिदैं झापाका सुजन थपलियालाई कप्तानीको जिम्मेवारी दिइएको उनले बताए।
झापाबाट ६, मोरंगबाट ४, उदयपुरबाट ३, सुनसरी र इलामबाट समान १ जना खेलाडीले टोलीमा सहभागिता जनाउने बताएका अध्यक्ष पाण्डेले थपलियाको कप्तानीमा टोलीले सुखद नतिजा दिने अपेक्षा गरेका छन्।
प्रतियोगिताका लागि प्रशिक्षकको जिम्मेवारी राजकुमार प्रधानले गर्ने भएका छन् । त्यसैगरि, ब्यवस्थापकमा शशिशेखर झा र फिजियो विपिन भट्टाराई जिम्मेवारी दिइएको छ।
टोलीमा मोरंगबाट उपकप्तानमा शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कंडेल, प्रेम कामत रहेकाछन् । बागमती र मधेश प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले ९ वटा खेल खेल्नेछ।
कुल ४६ वटा खेल हुने प्रतियोगिताको उपाधि भिडन्त बैशाख ४ गते वीरगञ्जमा हुनेछ । प्रतियोगितामा सातप्रदेशसंगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।