ग्यास आपूर्ति सहज बनाउने प्रदेश सरकारको चासो

ग्यास आपूर्ति सहज बनाउने प्रदेश सरकारको चासो
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने निर्णय गरेको छ।
  • पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको आपूर्ति र मूल्यको नियमित सुपरिवेक्षण गरी कडा कारबाही गर्ने चेतावनी दिइएको छ।
  • प्रदेश सरकारले आपूर्ति समस्याबारे कुनै अफवाहमा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै नियमन कार्यलाई निरन्तरता दिने बताएको छ।

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले बजार आपूर्ति व्यवस्थापन तथा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपीजी ग्यासको नियमनलाई प्रभावकारी बनाउने विषयमा चासो देखाएको छ ।

केही दिन यता बजारमा ग्यासको अभाव हुन थालेपछि बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले अत्यावश्यक वस्तुको सहज आपूर्ति, मूल्य नियन्त्रण, गुणस्तर र उपभोक्ता अधिकार संरक्षणलाई केन्द्रमा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले डिजेल, पेट्रोल, एलपीजी ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य, गुणस्तर र शुद्धताको सुनिश्चितताका लागि सम्बन्धित निकायमार्फत नियमित सुपरिवेक्षण तथा बजार अनुगमन गर्ने निर्णय समेत गरेको छ । बैठकले अनुगमन कार्यलाई कडाइका साथ अघि बढाउने निर्णय गरेको छ ।

साथै, सरकारी निकायलाई व्यावसायिक संघसंस्था, व्यवसायी तथा उपभोक्तावादी संगठनहरूलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने समेत आग्रह गरिएको छ ।

बैठकले पेट्रोलियम पदार्थ तथा ग्यास उत्पादक र वितरकहरूलाई कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने जस्ता गतिविधि नगर्न सचेत गराउने निर्णय गरेको छ । यस्ता अवैध गतिविधिमा संलग्न पाइएमा सम्बन्धित निकायले कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने, बढी मूल्य असुल गर्ने वा कालोबजारी गर्ने जो–कोहीलाई पनि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने निर्णय बैठकले गरेको छ ।

प्रदेश सरकारले हाल पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै सर्वसाधारणलाई अनावश्यक हल्ला वा त्रासमा नपर्न आग्रह गरेको छ ।

आपूर्ति व्यवस्था सहज रहेको र सरकारी निकायहरूले नियमन कार्य प्रभावकारी रूपमा गरिरहेको जानकारी पनि बैठकमार्फत दिइएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?