सेनेगलको विवादास्पद ‘वाक-अफ’ले परिणाम उल्टिँदा दुई महिनापछि मोरोक्कोलाई उपाधि

सेनेगलको विवादास्पद ‘वाक-अफ’ले परिणाम उल्टिँदा दुई महिनापछि मोरोक्कोलाई उपाधि
+
-
देशसञ्चार AI सारांश
  • अफ्रिकन फुटबल महासंघले फाइनल खेल नतिजा उल्ट्याउँदै मोरोक्कोलाई अफ्रिका कप अफ नेशन्सको विजेता घोषणा गरेको छ।
  • नियम उल्लंघनका कारण सेनेगललाई ३-० ले हार नतिजा दिई प्रतियोगिताबाट बाहर गरिएको बताइएको छ।
  • मोरोक्कोले नियम कार्यान्वयनका लागि अपिल गरेकोमा क्याफको समर्थन पाएको थियो, सेनेगलको प्रतिक्रिया भने आएको छैन।

अफ्रिकन फुटबल महासंघ (क्याफ)ले अफ्रिकन कप अफ नेशन्सको फाइनल खेलको नतिजा २ महिनापछि उल्टाएको छ। नतिजा उल्ट्याएपछि मोरोक्कोलाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको विजेता घोषणा गरिएको हो।

१८ जनवरीमा भएको फाइनलमा सेनेगलले मोरोक्कोलाई १-० ले हराएको थियो। तर खेलको अन्त्यतिर विवाद उत्पन्न भयो। ०-० को स्कोर हुँदा इन्जुरी समयमा आयोजक मोरोक्कोलाई पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीहरूले खेल्न अस्वीकार गर्दै ‘वाक-अफ’ गर्दै मैदान छोडेका थिए।

करिब १७ मिनेटपछि खेलाडीहरू फर्किए लगतै ब्राहिम डियाजको पेनाल्टी जोगाउन सेनेगल सफल भयो। त्यसपछि अतिरिक्त समयमा पापे गुएले गोल गर्दै सेनेगललाई जित दिलाएका थिए। तर अफ्रिकन फुटबलको सर्वोच्च निकायको अपिल समितिले यो नतिजा उल्ट्याएको छ। क्याफले जारी गरेको विज्ञप्तिमा सेनेगलले ‘फाइनल खेल परित्याग गरेको’ ठहर गर्दै खेलको नतिजा मोरोक्कोको पक्षमा ३-० ले घोषणा गरेको हो।

यो निर्णय मोरोक्को फुटबल महासंघ (एफआरएमएफ) ले दिएको अपिलपछि आएको हो, जसलाई क्याफले स्वीकार गर्दै अनुमोदन गरेको हो। क्याफका अनुसार सेनेगलले आफ्नो टोलीको व्यवहारमार्फत प्रतियोगिताको नियमको धारा ८२ उल्लंघन गरेको छ, जसका कारण धारा ८४ लागू भएको हो।

धारा ८२ अनुसार कुनै टोलीले खेल्न अस्वीकार गरे वा रेफ्रीको अनुमति बिना निर्धारित समयअघि मैदान छोडेमा त्यसलाई पराजित मानिन्छ र प्रतियोगिताबाट बाहिरिन्छ। धारा ८४ अनुसार यस्तो उल्लंघन गर्ने टोलीलाई स्थायी रूपमा अयोग्य घोषित गरिन्छ र खेल ३-० ले हारेको मानिन्छ।

मोरोक्को फुटबल महासंघले भने आफ्नो अपिल ‘टिमहरूको प्रदर्शनमाथि प्रश्न उठाउन होइन, प्रतियोगिताका नियम लागू गराउनका लागि मात्र’ गरिएको स्पष्ट पारेको छ। उसले भन्यो ‘हामी नियमको सम्मान, प्रतिस्पर्धामा स्पष्टता र अफ्रिकी फुटबलमा स्थिरता कायम राख्न प्रतिबद्ध छौं।’

यता सेनेगल फुटबल महासंघले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर उनीहरूको राष्ट्रिय टोलीको एक्स खातामा खेलाडीहरूले ट्रफीसहित बस परेडमा खुसी मनाइरहेको भिडियो र ‘ओके’ इमोजी पोस्ट गरिएको छ।

उत्तर अफ्रिकी फुटबल पत्रकार माहेर मेजाहीका अनुसार यो निर्णयले मैदानमा देखिएको भावनात्मक क्षण मेटाउन सक्दैन। उनले भने ‘हामी त्यो खेलको अन्तिम १६ मिनेट र देखिएको दृश्य मेटाउन सक्दैनौं। सेनेगलले ट्रफी उचालेको र खेलाडीहरूले पदक लिएर फर्किएको दृश्य अझै जीवित छ।’

फाइनलमा के भएको थियो?

स्कोर गोलरहित बराबरी हुँदा अतिरिक्त समयको आठौं मिनेटमा रेफ्री जाँ जाक एन्डलाले पेनाल्टी दिएका थिए। भिएआरको सल्लाहपछि उनले डिफेन्डर एल हाज्जी मलिक डिउफले डियाजमाथि गरेको फाउल पुनः हेरेका थिए।

यसअघि सेनेगलको एक गोल खारेज गरिएको निर्णयप्रति आक्रोशित प्रशिक्षक पापे थियावले आफ्नो टोलीलाई मैदानबाट बाहिरिन निर्देशन दिएका थिए। पूर्व लिभरपुल स्ट्राइकर साडियो माने भने मैदानमै बसेर टोलीलाई खेल पूरा गर्न आग्रह गरिरहेका थिए।

१७ मिनेटपछि खेल पुनः सुरु भयो। डियाजले पेनाल्टी हाने पनि गोलकिपर एडुआर्ड मेन्डीले सजिलै बचाए। त्यसपछि रेफ्रीले तुरुन्तै खेल समाप्ति घोषणा गरे। अतिरिक्त समयको चौथो मिनेटमा गुएले गोल गर्दै सेनेगललाई पाँच वर्षमा दोस्रो उपाधि दिलाएका थिए।

खेलपछि मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुईले सेनेगलको व्यवहारलाई ‘लज्जास्पद’ भन्दै आलोचना गरेका थिए। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि इन्स्टाग्राममा ‘नराम्रो दृश्य’ भएको भन्दै कडा आलोचना गरेका थिए। सेनेगल प्रशिक्षक थियावले पछि भने आफूले भावनामा बगेर टोलीलाई मैदान छोड्न लगाएको स्वीकार गरेका थिए।

अब के हुन्छ?

सेनेगलले अब यो निर्णयको अपिल खेलकुदको न्यायिक नियका ‘कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स’ (कास) मा गर्न सक्छ। अफ्रिकी फुटबल महासंघको स्तरमा भने यो अन्तिम निर्णय हो।

सामाजिक सञ्जालमा केही सेनेगल खेलाडीहरूले ‘हामी सधैं च्याम्पियन हौं’ भनेर प्रतिक्रिया दिएका छन्। यो साँच्चै असाधारण घटना बनेको छ। पहिले सेनेगल च्याम्पियन घोषित भयो, तर अहिले आधिकारिक रूपमा मोरोक्को विजेता बनेसँगै विश्व फुटबलमा तरंग सिर्जना भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?