सिटिजन्स बैंकको ४ करोड ९१ लाख हिनामिना प्रकरण, कर्मचारीद्वारा बैंक र प्रमुखविरुद्ध मुद्दा दायर

सिटिजन्स बैंकको ४ करोड ९१ लाख हिनामिना प्रकरण, कर्मचारीद्वारा बैंक र प्रमुखविरुद्ध मुद्दा दायर
+
-
देशसञ्चार AI सारांश
  • सिटिजन्स बैंकमा ४ करोड ९१ लाख रुपैयाँको हिनामिनामा आरोपित रोजी कँडेलले बैंकका प्रमुखहरूमाथि मुद्दा दायर गरिन्।
  • बैंकले रोजी कँडेललाई बर्खास्त गरेको र अन्य चार कर्मचारीलाई निलम्बन गरेको छ भने मुद्दा अदालतमा विचाराधीन छ।
  • रोजीले दोष स्वीकार्दै ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको १ बिघा १२ कट्ठा ६ धुर जग्गा रोक्का राखेकी छिन्।

विराटनगर — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विराटनगरस्थित शाखामा भएको करिब ४ करोड ९१ लाख रुपैयाँ आर्थिक हिनामिनाको विषयलाई लिएर नयाँ मोड आएको छ ।

बैंकले हिनामिनामा संलग्न रहेको आरोप लगाएकी कर्मचारी रोजी कँडेलले उल्टै बैंकका केन्द्रीय तथा क्षेत्रीय प्रमुखहरूविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी छिन् ।

उनले बैंकका केन्द्रीय प्रमुख गणेशराज पोखरेल, कोशी प्रदेश प्रमुख दिवस सिंह ठकुरी र शाखा प्रबन्धक अभिषेक अग्रवालविरुद्ध मुद्दा हालेकी हुन् ।

रोजीका पिता राजन कँडेलका अनुसार, बैंकमा काम गर्ने क्रममा गल्ती भएको स्वीकार गर्दै हिनामिना भएको रकम बराबरको घरजग्गा बैंकको नाममा रोक्का राखिसक्दा पनि बैंकले मानसिक तनाव दिएको छ ।

बैंकले सुरुमा घटना गुपचुप राख्ने र जेथा असुल गरेपछि प्रहरीमा नबुझाउने सहमति गरेको भए पनि अहिले प्रहरी पठाएर थुन्ने धम्की दिइरहेको कँडेल परिवारको दाबी छ । रोजीले आफूलाई पहिले नै तयार पारिएको कागजमा जबरजस्ती सहीछाप गराएको आरोप समेत लगाएकी छिन् ।

यस प्रकरणमा संलग्नताको आरोप लागेपछि बैंकले रोजी कँडेललाई सेवाबाट बर्खास्त गरिसकेको छ । त्यस्तै, शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य, कर्मचारीहरू सोनिका राउत र विकास श्रेष्ठलाई पनि निलम्बन गरिएको छ ।

बैंक स्रोतका अनुसार, निक्षेपकर्ताको रकम दुरुपयोग गरी नक्कली ऋण खडा गरेर रकम हिनामिना गरिएको थियो । रकम फिर्ता गर्ने क्रममा रोजीले आफ्ना ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको मोरङको रंगेलीस्थित कुल १ बिघा १२ कट्ठा ६ धुर जग्गा बैंकको नाममा रोक्का राखिसकेकी छिन् ।

कँडेल पक्षले असारसम्ममा सबै रकम बुझाउने सहमति भएको र सोही अनुसार करिब ६ करोड बराबरको जग्गा रोक्का गरिएको दाबी गरेको छ । तर, जग्गा हात पारेलगत्तै बैंकले प्रहरीमा उजुरी दिएको भन्दै उनीहरूले बैंकको बदनियत देखिएको बताएका छन् ।

अन्य दुई कर्मचारीले समेत जनही २० लाख रुपैयाँ बैंकमा दाखिला गरिसकेको बुझिएको छ । यो मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?