झापाको भद्रपुरमा ठूलो परिमाणको ब्राउन सुगरसहित ७ जना पक्राउ

झापाको भद्रपुरमा ठूलो परिमाणको ब्राउन सुगरसहित ७ जना पक्राउ
फाइल तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • झापाको भद्रपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पहिलो अपरेसनमा श्रवण यादव लगायत तीन जनालाई ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।
  • अर्को अपरेसनमा बसपार्क क्षेत्रमा दुलाल शेखसहित चार जनालाई १० ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरियो।

झापा — झापाको भद्रपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध ब्राउन सुगरसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति छुट्टाछुट्टै दुई स्थानमा गरिएको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध ब्यूरो इकाई काँकडभिट्टाको संयुक्त टोलीले यो सफलता प्राप्त गरेको हो ।

प्रहरीले पहिलो कारबाही भद्रपुर-६ स्थित श्रवण यादवको घरमा गरेको थियो । गोप्य सूचनाको आधारमा राति ९:३० बजे पुगेको प्रहरी टोलीले खानतलासी गर्दा प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

यस घटनामा संलग्न ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

त्यसैगरी, सोही प्रहरी टोलीले राति १०:३० बजे भद्रपुर-५ स्थित बसपार्क क्षेत्रमा अर्को छापा मारेको थियो । त्यहाँबाट ब्राउन सुगरसहित थप चार जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेहरूमा ३० वर्षीय शुभम साह, ३० वर्षीय जयकरण कहार, ३५ वर्षीय दुलाल शेख र २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन् । प्रहरीका अनुसार दुलाल शेखको साथबाट प्लास्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?