नेपालगन्ज – ठूलाे रकम हिनामिना भएकाे सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्ज सञ्चालनमा आउने भएकाे छ।
आन्दाेलन, मुद्दा-मामिला, तदर्थ समिति हुँदै आज नयाँ सञ्चालक समिति गठन गरिएपछि सहकारी छिट्टै सञ्चालनमा आउने भएकाे हाे।
जगदीशबहादुर सिंह अध्यक्ष र शिवप्रसाद शुक्ला उपाध्यक्ष रहेकाे नयाँ सञ्चालक समितिमा हेमन्त कर्माचार्य, धनीराम बृजबासी, डा. सच्चिदानन्द उपाध्याय, वर्षा प्रसाईं, द्राेपति कुर्मिनी सदस्य रहेका छन्।
भुपेन्द्र तुलाधर संयाेजक र माेहनलाल द्विवेदी, घनश्याम मानन्धर सदस्य रहेकाे लेखा समिति गठन गरिएकाे छ।
४२ कराेड हिनामिना भएकाे याे सहकारीका १९ जना सञ्चालक तथा उच्च पदस्थ कर्मचारीविरुद्ध अदालतले कैद, जरिवाना र बिगाे असुलीकाे आदेश गरेकाे छ। दाेषी ठहर भएका धेरैजसाेले ५ वर्षको कैद सजाय काटिसकेका छन्। सबैसँग बिगाे असुल्न बाँकी रहेकाे छ।
६ वर्षदेखि सडक, अदालत धाइरहेका ११ हजार बचतकर्तालाई सहकारी सञ्चालनसँगै आफ्नाे पैसा फिर्ता पाउने आशा पलाएकाे संघर्ष समितिका सहसंयाेजक आशुताेष शुक्लाले बताए।