चक्कु प्रहार गरेर कुकुर मार्ने युवक पक्राउ

चक्कु प्रहार गरेर कुकुर मार्ने युवक पक्राउ
सांकेतिक तस्बिर।
+
-

​झापा- झापाको दमकमा एक कुकुरलाई चक्कु प्रहार गरी मार्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दमक नगरपालिका-६ स्थित नयाँ सब्जीलाइनमा रहेको एक मासु पसलमा कार्यरत कामदारले बिभत्स ढंगले कुकुर मारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटना विवरण अनुसार, सोमबार बिहान १०ः४० बजे दमक-७ बस्ने राजेन्द्र खड्गीले सञ्चालन गरेको ‘रत्न खसी मासु पसल’ मा पाँचथर मिक्लाजुङ-५ घर भइ हाल दमकमा डेरा गरी बस्ने १७ वर्षीय अमित नेम्बाङले कुकुरमाथि चक्कु प्रहार गरेका थिए।

पसलमा राखेको खसीको आन्द्रा कुकुरले खाइदिएको भन्दै आक्रोशमा आएका नेम्बाङले चक्कुले प्रहार गर्दा कुकुरको घटनास्थलमै मृत्यु भएको थियो।

कुकुर मारिएको जानकारी इलाका प्रहरी कार्यालय दमकमा प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीले आरोपित नेम्बाङलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। मुलुकी अपराध संहिताको ‘पशुपंक्षी सम्बन्धी कसुर’ अन्तर्गत कसैको नियन्त्रणमा रहेको वा नरहेको पशुपंक्षीलाई क्रूरतापूर्वक मार्नु वा यातना दिनु कानुनी रूपमा दण्डनीय मानिन्छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि प्रचलित कानुन अनुसार कारबाही हुने जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?