रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो
+
-
देशसञ्चार AI सारांश
  • कास्कीको रुपातालमा, सहकारीले १० हजार माछाका भुरा छाडेर तालको आयआर्जनमा योगदान गर्ने योजना बनाएको छ।
  • सहकारीले २५ वर्षको रजत वर्ष मनाउने क्रममा विभिन्न जातका माछाका भुरा तालमा छाडिएको जानकारी दिएको छ।
  • रुपातालले प्राकृतिक सौन्र्दयतालाई नबिगारी आयआर्जनमा जोड दिन तथा सिपीबाट मोती निकाल्न सफल परीक्षण गरेको छ।

लेखनाथ (कास्की)- कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ ।

रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्नेगरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएकोसंस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

“विसं २०५८ मा ३६ जना शेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिउँ’ भन्ने मूल नाराका साथ यस वर्षलाई रजत वर्ष मनाउने घोषणा गरिएको हो”, अध्यक्ष थापाले भने ।

स्थापनाकालमा ३६ जना शेयर सदस्यको रु पाँच हजार शेयर पुँजीबाट एक लाख ८३ हजार ६०० बाट सञ्चालित संस्था अहिलेसम्म आइपुग्दा एक हजार ५१ शेयर सदस्यमार्फत रु चार करोड २० लाख ४० हजार शेयर पुँजी बनाउन सफल भएको उहाँले जानकारी दिए ।

तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले तालको प्राकृतिक सौन्र्दयतालाई नबिगारी तालमार्फत आयआर्जनमा जोडिने गरी माछापालनलाई अगाडि बढाइएको बताए।

ताल मानव जातिका साथै जलचर प्राणीका लागि अनिवार्य भएकाले यसको सौन्दर्यलाई नबिगारी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । उनले तालमा माछाको साथमा सिपीबाट मोती निकाल्न सकिने परीक्षण सफल भएकाले रुपाताल माछाका लागि मात्र नभई सिपीका लागि पनि प्रमाणित भएको तथ्य प्रस्तुत गरे ।

सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले स्थापनाकालदेखिको अवस्था र सहकारीको जोडबलमा नेपाल सरकारबाट रुपताल संरक्षणको परियोजना ल्याउन सफल भएको धारणा राखे । कार्यक्रममा पूर्वअध्यक्ष शिवराज अधिकारीले पुराना अनुभवीको साथ र नयाँको जोशलाई भरपुर रूपमा उपयोग गरी यस ताललाई कसरी सुन्दर र आकर्षक बनाउन सकिन्छ भन्नेबारेमा साझा अवधारण बनाउनुपर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले रुपाताल पर्यटकीय रूपमा महत्वपूर्ण गन्तव्य रहेको बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?