अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ। काठमाडौँमा सोमबार साँझ हावाहुरी र गड्याङगुडुङसहित वर्षा भएको हो।
पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको थियो। वर्षा भएसँगै वायु प्रदूषण कम हुने अपेक्षा गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। यसका कारण मौसममा परिवर्तन देखिएको विभागले जनाएको छ।
आज गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा गड्याङगुडुङ र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको थियो।