बैंक कर्मचारीकै मिलेमतोमा ५ करोड रुपैयाँ हिनामिना

बैंक कर्मचारीकै मिलेमतोमा ५ करोड रुपैयाँ हिनामिना
+
-
देशसञ्चार AI सारांश
  • विराटनगरको सिटिजन्स बैंकमा कर्मचारीको मिलेमतोमा करिब ५ करोड रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।
  • बैंकका पाँच जना कर्मचारीलाई निलम्बन गरी, उनीहरूविरुद्ध सूक्ष्म अनुसन्धान र कानुनी प्रक्रिया शुरु भएको छ।
  • कर्मचारीहरूले नक्कली कागजात बनाएर मुद्दती निक्षेपको रकमलाई धितो देखाई अनियमित कर्जा लिएका पाइएको छ।

मोरङ – बैंक कर्मचारीकै मिलेमतोमा बचतकर्ताको रकम हिनामिना भएको छ। विराटनगर–३ स्थित राजवंशी चौकमा रहेको सिटिजन्स बैंकमा कर्मचारीको मिलेमतोमा करिब ५ करोड रुपैयाँ हिनामिना भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङको उच्च स्रोतका अनुसार घटना भएको बैंकबाट निवेदन प्राप्त भएको छ। मोरङ प्रहरी प्रमुख कवित कटवालले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताए। बैंकका कर्मचारीकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको देखिएको हो।

यसक्रममा ५ जना कर्मचारीमाथि निलम्बन गरी छानबिन भइरहेको बैंकले जनाएको छ। बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले शाखामा कार्यरत केही कर्मचारीले रकम चलाएको स्वीकार गरेका छन्। उनका अनुसार केही कर्मचारीले नक्कली कागजात बनाएर अनियमितता गरेका हुन्।

बैंकले गरेको आन्तरिक लेखापरीक्षणमा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीलाई निलम्बन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो। बैंकका अनुसार कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेपमा जम्मा गरेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ।

सो घटनामा बैंकमा कार्यरत पाँच जना कर्मचारीमाथि अनुसन्धान भइरहेको बताइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?