मोरङबाट दुई महिलाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

मोरङबाट दुई महिलाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने
+
-
देशसञ्चार AI सारांश
  • मोरङबाट रुक्मिणीदेवी कोइराला र डा. प्रमिला गच्छदारले प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व गर्दै समाज परिवर्तन गर्ने अपेक्षा छ।

  • कोइरालाले महिलालाई गृहिणी मात्र नभई शिक्षित र नीति निर्माण तहमा काम गर्न सक्षम बनाउन जोड दिएकी छन्।

  • डा. गच्छदार महिला सशक्तीकरण र विकास निर्माणमा विश्वास राख्दै थारु समुदायको प्रतिनिधित्व गर्ने पहिलो महिला सांसद बनेकी छन्।

मोरङ – मोरङबाट दुई महिलाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भएका छन्। विराटनगर महानगर– ६ की रुक्मिणीदेवी कोइराला र विराटनगर– ४ की डा। प्रमिला गच्छदारले प्रतिनिधि सभामा स्थान पाएका हुन्।

२०४६ सालपछि महिलाको पक्षमा निरन्तर आवाज उठान गर्दै पार्टी संगठनमा सक्रिय रहँदै आएकी कोइरालाले सदनमा जनताको पक्षमा काम गर्ने बताएकी छन्। महिलालाई गृहिणीका रुपमा मात्र नभएर शैक्षिक रुपमा समेत सबल बनाउनुपर्नेमा उनको जोड छ।

उनी भन्छिन्, ‘महिलाहरु गृहमा मात्र नभएर नीति निर्माण तहमा समेत काम गर्न सक्छन् भन्ने स्थापित गराउनु छ। महिलालाई शिक्षित बनाउन सके समाज नै शिक्षित हुन्छ। घरको काममा मात्र नभएर राजनीतिमा समेत महिलाले दरिलो उपस्थिति जनाउन सक्छन्।’

पार्टीको १४ औं महाधिवेशनपछि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी कोइरालाले आफ्नो क्षेत्र मात्र नभई महिलालाई संगठित बनाउने काममा सक्रियतापूर्वक लाग्दै आएको नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापाले बताइन्।

सचिव थापाका अनुसार मोरङ क्षेत्र नम्बर ६ बाट दुवै महिलाले सदनमा उपस्थिति पाउनुले सकारात्मक सन्देश दिएको छ। उनले भनिन्, ‘नेपाली राजनीतिमा दुवै जनाको आफ्नै प्रकारको लगानी रहेको छ। पार्टीलाई बलियो बनाउन उहाँहरूको भूमिका विशेष छ। दुवैजना शैक्षिक रुपमा समेत योग्य हुनुहुन्छ।’

कोइरालाको निडर स्वभाव नै अहिलेसम्मको सफल यात्रा रहेको उनले बताइन्। ०१२ सालमा जन्मिएकी कोइरालाले भारतको शिलोंगबाट स्नातक र इलाहाबादबाट स्नात्तकोत्तर पुरा गरेकी छन्।

त्यसैगरी, मोरङबाटै महिलाको प्रतिनिधित्व गर्दै सदनसम्मका यात्रा सुरु गर्न लागेकी डा। गच्छदार पनि संगठनात्मक रुपमा सक्रिय रहँदै आएकी छन्। विजयकुमार गच्छदारको नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकबाट राजनीतिमा सक्रिय बढाउँदै आएकी गच्छदार विकास निर्माणसंगै महिला शसक्तीकरणका विश्वास राख्ने गरेको बताउँछिन्।

विराटनगर ४ जामुनगाछीकी गच्छदार थारु समुदायबाट सांसदमा चयन भएकी हुन्। विराटनगर बरगाछीस्थित गोग्राह माविबाट ०४७ सालमा प्रवेशिका उत्तीर्ण उनले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति विज्ञानमा विद्यावारिधि गरेकी छन्।

पार्टीको संगठनमा कार्य गरिरहँदा गच्छदार कोशी प्रदेशको प्रथम अधिवेशनबाट सहमहामन्त्री भएकी थिइन्। त्यसैगरी, उनी कोशी प्रदेश योजना आयोगमा सदस्यको भूमिकामा समेत रहिसकेकी छिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?