अ
+
अ
अ
-
काठमाडौँ- करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ।
अहिले यो सडक दुई लेनको रहेको छ। यही सडक खण्डको साँगा उकालोमा अन्डरपास निर्माण भइरहेको छ ।
आयोजनाका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ। अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ।
यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ। साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिनेछ ।
तस्बिरहरूः
