विकास गर्न सामूहित हितलाई ध्यान दिनुपर्छः शाही

विकास गर्न सामूहित हितलाई ध्यान दिनुपर्छः शाही
+
-
देशसञ्चार AI सारांश
  • पुर्वमुख्यमन्त्री शाहीले विकास व्यक्ति केन्द्रित नभई सामूहिक हितमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई जोड दिए।
  • शाहीले जनता लाभान्वित हुने विकासमा ध्यान दिनु नै जिल्लाको समग्र विकासको सही मार्ग हो भने।
  • समाज सेवा मात्रै राजनीति उद्देश्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्यलाई सर्वोत्कृष्ट धन मान्न आग्रह गरे।

हुम्ला – कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले सबै खाले विकासका गतिविधि सामूहिक हितमा केन्द्रित हुनु पर्ने बताएका छन्। उनको सम्मानमा आयोजित एक कार्यक्रम पुर्वमुख्यमन्त्री शाहीले हुम्लामा बिकास ब्यक्ति केन्द्रीत भइरहेकोमा अब त्यसलाई सार्वजनिक र सामूहिक हितलाई सर्वोपरी ठानेर बिकास कार्य गर्न आवश्यक रहेको बताए।

आफू पनि धेरैभन्दा धेरै जनता लावान्भित हुने बिकासका लागि जट्ने भन्दै उनले यसो गर्न सके मात्र जिल्लाको बिकास हुने बताए। यो सम्मानले आफूलाई अझै थप जिम्मेवारी थपिएको महशुस भएको र अझै जिल्लाको बिकास गर्न धेरै बाँकी लरहेको उनले बताए।

राजनीति कमाउनका लागि नभएर समाज सेवाको लागि भएको बताउदै उनले मानिसको स्वास्थ्यलाई सवै भन्दा ठुलो धन सम्पतिका रुपमा मान्न सवैलाई आग्रह समेत उनले गरे।

बिकासका लागि सवै एक जुट हुन पनि उनले आग्रह गरे। नेपाल नेत्र ज्याति संघ हुम्लाको आयोजनामा भएको सम्मान कार्यक्रममा कर्णाली प्रदेसकी जलश्रोत तथा उर्जा मन्त्री बिजया बुढाले राम्रा काम गर्ने ब्यक्तिको सम्मान गर्ने प्रचलनले सकरात्मक प्रभाव पार्ने बताईन। संघका अध्यक्ष नरबहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी हुम्लाका सभापति गणेश महत लगाएतले आफ्नो भनाई राखेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?