किशोर–किशोरीमैत्री अस्पताल बनाउन अभिमुखीकरण

किशोर–किशोरीमैत्री अस्पताल बनाउन अभिमुखीकरण
+
-
देशसञ्चार AI सारांश
  • स्वास्थ्य सेवा कार्यालयले किशोर किशोरी मैत्री उपचार सेवाका लागि सरोकारवाला अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
  • नयाँ निर्देशिका अनुसार अस्पतालमा छुट्टै उपचार कक्षाको व्यवस्था गरी गोपनीयता कायम गर्दै सेवा प्रदान गरिनेछ।
  • २०७३ साल वैशाखदेखि सबै किशोर किशोरीको उपचार निःशुल्क गरिने कार्यक्रम पनि सुरु हुनेछ।

हुम्ला – स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पताललाई किशोर किशोरी मैत्री बनाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। नयाँ निर्देशिका अनुसार किशोर किशोरी मैत्री उपचार सेवा प्रदान गर्नु पर्ने भएको कारण सरोकारवाला पक्षलाई अभिमुखीकरण गरिएको हो।

स्वास्थ्य सेवा सहज र सरल किसिमले किशोर किशोरीहरुलाई प्रदान गर्न यो कार्यक्रम लागु हुने र त्यसअघि अस्पताल ब्यवस्थापन समिति, विद्यालयका शिक्षक, किशोर किशोरी , ब्यवसायी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सहभागीतामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताए। कार्यक्रममा निर्देशिका बारे जानकारी गरिएको थियो।

सो कार्य गर्नै पर्ने कार्यमा पर्ने भएकोले आयोजना गरिएको हो। यो कार्यक्रम आगामी २०८३ सालको वैशाख महिनाबाट जिल्ला अस्पतालमा लागु हुनेछ। कार्यक्रममा कायाृलयका तत्थ्याक सहायक दुर्गा बहादुर श्रेष्ठले सहजिकरण गरेका थिए।

यसका लागि किशोर किशोरीहरुका लागि एउटा छुट्टै उपचार कक्षाको ब्यवस्था गरिने र त्यहीबाट अस्पतालमा आउने बिरामी किशोर किशोरीको गोपनियता भंग नहुने किसिमले चेकजाँच गरिनेछ।

त्यसपछि सबै किसिमका किशोर किशोरीको उपचार निशुल्क रुपमा गरिने छ। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, बालमन्दिर माविका शिक्षक मधु बस्नेत शाही, बिधार्थी, चिकीत्सक र स्वास्थ्यकर्मी उपस्थिती रहेको थियो।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?