अ
+
अ
अ
-
माेरङ – विराटनगरस्थित न्यूरो अस्पताल र मोरङ समाज काठमाडौंबीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता भएको छ। शुक्रबार विराटनगरस्थित अस्पताल परिषरमा दुवै पक्षबीच दुई वर्षका लागि स्वास्थ्य उपचार गर्न सम्झौता भएको हो।
सम्झौता अनुसार अस्पतालले काठमाडौंमा मोरङ समाजसंग आवद्ध सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्नेछ। मोरङ समाजका अध्यक्ष ओम मास्केले अस्पतालले विभिन्न स्वास्थ्य सेवामा १५ देखि २० प्रतिशतसम्म सहुलियत दिने जानकारी दिएका छन्।
उनका अनुसार अस्पतालले उपचारका क्रममा समाजमा आवद्ध सदस्य र उनीहरुका परिवारका सदस्यलाई विशेष प्राथमिकताका साथ छ्ुट दिनेछ। यसक्रममा समाजमा आवद्ध सदस्यले २० र उनीहरुका परिवारका सदस्यले १५ प्रतिशत उपचार सेवामा सहुलियत पाउने अध्यक्ष मास्केले जानकारी दिए।