गायक तथा संगीतकार दीपक थापाको उपचारका लागि सहयोगको अपील

गायक तथा संगीतकार दीपक थापाको उपचारका लागि सहयोगको अपील
+
-

काठमाडौँ – नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, एरेन्जर तथा गिटारिस्ट दीपक थापा हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। प्रतिष्ठित ब्यान्ड द प्रिज्मका सदस्यसमेत रहेका थापा अहिले क्रोनिक किड्नी डिजिज (सिकेडी) स्टेज–५ बाट पीडित रहेका छन् र हप्तामा तीनपटक नियमित डायलसिस गराइरहेका छन्।

चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य सुधारका लागि किड्नी प्रत्यारोपण (ट्रान्सप्लान्ट) आवश्यक रहेकाे छ।

भैरहवामा जन्मिएका थापाले आफ्नो बाल्यकाल हङकङमा बिताउँदै टम लि म्युजिक सेन्टरमा क्लासिकल गितार अध्ययन गरेका थिए। नेपाली संगीत क्षेत्रमा उनी विशेषगरी “विदेश जाने मायालु तिमीलाई” गीतका गायक र सर्जकका रूपमा चिनिन्छन्। यो गीत २०४० को दशकतिर निकै लोकप्रिय बनेको थियो। उनले पहिलोपटक पोखरामा आयोजित कार्यक्रममार्फत गीत सुनाएका थिए र श्रोताले अत्यधिक रुचाएपछि गीत पोखरा, भैरहवा, बुटवल र धरानसम्म चर्चित बनेको थियो।

सन् १९९५ मा आफ्नै स्वरमा रेकर्ड गरिएको यो गीत रेडियोमार्फत व्यापक रूपमा लोकप्रिय भए पनि लामो समयसम्म गायक थापालाई धेरैले चिन्ने अवसर पाएनन्। करिब चार दशकपछि भने उनले गीतलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यले पुनः रेकर्ड गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

दीपक थापा गायक मात्र नभई नेपाली संगीत क्षेत्रमा कम्पोजर, एरेन्जर र गिटारिस्टका रूपमा पनि परिचित छन्। उनले सिर्जना गरेको पहिलो रेकर्ड भएको गीत “ऊ मेरो प्रियतम्” हो, जसले गायिका सुक्मित गुरुङलाई चर्चित बनाएको थियो। त्यसपछि “त्यसैले मायालु भनेर बोलाऊ कि”, “जलमा थलमा”, “आँखामा तिम्रो सम्झना छ” लगायत तीन दर्जनभन्दा बढी गीतहरू उनले सिर्जना गरेका छन्।

पश्चिमा संगीतको प्रभाव बढ्दै गएको समयमा नेपाली आधुनिक संगीतमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

हाल नियमित डायलसिस र बढ्दो चिकित्सकीय खर्चका कारण उनलाई आर्थिक रूपमा चुनौती परेको छ।

नेपाली संगीतमा योगदान दिएका कलाकार थापाको उपचारका लागि हाल परिवार, साथीभाइ र संगीतप्रेमीहरूले सहयोग अभियान सञ्चालन गरिरहेका छन्। संगीतप्रेमी तथा शुभेच्छुकहरूले सानो वा ठूलो जुनसुकै सहयोगले पनि कलाकार दीपक थापाको उपचारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। इच्छुक सहयोगीहरूले गाे फण्ड (GoFundMe) वा बैंक खातामार्फत आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंक मार्फत सहयोग:
Account Name: Deepak Thapa
Bank: Sunrise Bank, Kalikasthan Branch
Account Number: 1460839470205001

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?