शेखर कोइरालाले आयोगमा बुझाए चुनावमा २२ लाख ३१ हजार खर्च भएको विवरण

शेखर कोइरालाले आयोगमा बुझाए चुनावमा २२ लाख ३१ हजार खर्च भएको विवरण
+
-

मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका क्रममा २२ लाख रुपैयाँ खर्च भएको जनाएका छन्। कोइरालाको सचिवालयका अनुसार निर्वाचनका क्रममा २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको हो।

मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार रहेका कोइरालाले निर्वाचन आयोगसँगै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा खर्च विवरण पेश गरेका हुन्।

विवरणअनुसार मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्प्लेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्स छपाइका क्रममा १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको छ।

त्यसैगरी, प्रचारप्रसारका क्रममा इन्धनका लागि १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा खर्च भएको जनाइएको छ। निर्वाचन प्रचार–प्रसारका लागि १ लाख १३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

विवरणमा खाजा तथा खाना खर्चतर्फ ९६ हजार ६ सय ६० रुपैयाँ, स्टेसनरीतर्फ १ लाख ४ हजार ५ सय रुपैयाँ, यातायाततर्फ ७९ हजार रुपैयाँ र टेन्ट खर्च ४० हजार रुपैयाँ रहेको छ। यस्तै, मसलन्दतर्फ ३५ हजार रुपैयाँ खर्च भएको बुझाइएको विवरणमा जनाइएको छ।

निर्वाचन खर्चको कारोबार एनआईसी एसिया बैंक विराटनगरको खातामार्फत गरिएको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिताबमोजिम विवरण पेश गरिएको कोइरालाको सचिवालयले जनाएको छ।

सोही निर्वाचन क्षेत्रबाट जित हात पारेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यले १२ लाख ४० हजार रुपैयाँ खर्च विवरण बुझाएकी थिइन्।

यस्ते, नेकपा एमालेका उम्मेदवार विनोद ढकालले निर्वाचन अभियानका क्रममा ९ लाख ७० हजार ३ सय ५८ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?