अ
+
अ
अ
-
काठमाडौँ- नइ एकेडेमीले नेपाली भाषा-साहित्यको अनुसन्धान तथा ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा योगदान पुर्याएको भन्दै युवा प्राज्ञ डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
यस पुरस्कारको राशि जनही २५/२५ हजार रुपैयाँ रहेको छ। सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सम्मानमा स्थापना गरिएको उक्त पुरस्कार नइ एकेडेमीले प्रदान गर्दै आएको छ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा दुवै प्राज्ञलाई उक्त पुरस्कार प्रदान गरिनेछ।
यो जानकारी नइ एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईले दिएका हुन्।