घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • बिहीबारको तुलनामा आज सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ।
  • आज छापावाल सुनको प्रतितोला मूल्य रु तीन लाख १४ हजार २०० र चाँदीको रु पाँच हजार ४९५ निर्धारण भएको छ।
  • अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौँ- बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४९५ निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुन रु तीन लाख १७ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधबार रु तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?