खाना पकाउने ग्यास लिन विराटनगरस्थित डिलरमा बिहानैबाट उपभोक्ताहरूको भीड

खाना पकाउने ग्यास लिन विराटनगरस्थित डिलरमा बिहानैबाट उपभोक्ताहरूको भीड
+
-
देशसञ्चार AI सारांश
  • उपभोक्ताहरूले ग्यास संचित गर्ने प्रवृत्तिले कृत्रिम समस्या तन्किएको भन्दै एलपीजी ग्यास उपलब्ध गराउने निर्णय भएको छ।
  • कोशी ग्यासले मासिक २ लाख सिलिन्डर र विराटनगरमा ४० हजार खपत हुँदै आएको तर नियमन आवश्यक रहेको बताएको छ।
  • एलपीजी ग्यास विक्रेता संघ मोरङका पूर्व अध्यक्ष गणेश साहले सरकारी निकायको कमजोरी र स्टक गर्दा खतरा बढेको भनेका छन्।

विराटनगर- मोरङका विभिन्न स्थानमा खाना पकाउने ग्यास लिनका लागि डिलरसमक्ष उपभोक्ताहरूको भीड बढ्दै गएको छ । सरकार, ग्यास व्यवसायी र सरोकारवाला निकायबीच बिहीबार भएको छलफलपछि शुक्रबारबाट ग्यास आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास उपलब्ध गराउने सहमति बनेको छ । यससँगै विराटनगरका विभिन्न ग्यास डिलरसमक्ष बिहानैबाट खाली सिलिन्डरसहित उपभोक्ताहरू पुग्न थालेका छन्। विराटनगर- ११ स्थित राधाकृष्ण ट्रेडर्समा बिहानबाट ग्यास लिनका लागि उपभोक्ताहरूको घुइँचो रहेको थियो ।

कोशी प्रदेशबाट मधेश प्रदेशको सिराहासम्म आपूर्ति दिँदै आएको कोशी ग्यासका प्रबन्धक सचित उपाध्याय भने खाना पकाउने एलपीजी ग्यासको अभाव नभएको स्पष्ट पार्छन् । उनका अनुसार उपभोक्ताहरूले विश्वको वर्तमान परिस्थिति अनुमान गर्दै घरमा ग्यास संचित गर्ने प्रवृत्तिले समस्या भएको हो । उपाध्यायले भने, ‘सरकारसँगै उद्योगी–व्यवसायीहरूले ग्यास आपूर्तिमा सहजता दिने हो । अहिलेसम्म हामीले भित्र्याउँदै आएको भारतीय आयल निगमबाट पूरै कोटाको ग्यास आपूर्ति भइरहेको छ । यहाँ कुनै समस्या छैन । तर उपभोक्ताहरूले हाहाकारका रूपमा घरमा राख्ने प्रवृत्ति बढ्दै गर्दा बजारमा कृत्रिम समस्या देखिएको हो।’

कोशी ग्यासले मात्र आफ्नो क्षेत्र कोशी प्रदेशदेखि मधेश प्रदेशको सिराहासम्म मासिक २ लाख सिलिन्डर उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, विराटनगरको हकमा प्रत्येक महिना ४० हजारको संख्यामा ग्यास सिलिन्डर खपत हुँदै आएको प्रबन्धक उपाध्यायको भनाइ छ । बजारमा देखिएको समस्या समाधानका लागि नियमन आवश्यक रहेको उनले बताएका छन् । सरकारको सहमति अनुसार शुक्रबारबाट आधा भरिएको ग्यास सिलिन्डर बजारमा पुर्‍याइनेछ । उनले भने, ‘यतिबेला सामाजिक दायित्व अनुसार सहजताका लागि कम्पनीहरूले काम गरिरहेका छन् । आधा भरिएको ग्यास बजारमा लैजाँदासमेत हामीलाई नोक्सान छ । तर पनि हामी अहिलेको अवस्था हेरेर ग्यास आपूर्ति गर्न तयार छौँ।’

त्यसैगरी, बजारमा देखिएको आपूर्ति समस्यामा सरकारी निकायको कमजोरी रहँदै आएको एलपीजी ग्यास विक्रेता संघ मोरङका पूर्व अध्यक्ष गणेश साह बताउँछन् । एकै घरमा ५ देखि ७ वटासम्म ग्यास संचित गर्ने प्रवृत्ति हटाउन सरकारी निकायदेखि वाणिज्य कार्यालय समेत उदासीन देखिएको उनको आरोप छ । उनले भने, ‘विगतमा नाकाबन्दी हुँदा सरकारी पहलमा ग्यास कम्पनी र ग्यास विक्रेता संघको समन्वयमा कार्ड प्रणाली सुरु गरिएको थियो । त्यसले घरमा जाने ग्यासको लगत राखिन्थ्यो । पछि वाणिज्य कार्यालयले त्यसलाई प्राथमिकतामा राख्न सकेन ।’ जसका कारण अहिले एकै घरमा ५ वटा र त्योभन्दा बढी संख्यामा ग्यास संचित हुन थालेको छ ।

एकै उपभोक्ता लाइन लागेर ठूलो संख्यामा ग्यास लैजाने गरे हुँदा उनीहरूले आफ्नै घरलाई विस्फोटको बिन्दु बनाउँदै लगेको साहको भनाइ छ । उनले भने, ‘ग्यास धेरै स्टक गर्दा समस्या हुन्छ । यसलाई सुरक्षित राख्न नसक्दा वा कतै केही आगजनी हुँदा ग्यासले भयावह अवस्था सिर्जना गर्छ ।’

कोशी ग्याससँग मोरङमा अन्य १० वटा ग्यास कम्पनीले उत्पादन बिक्री वितरण गर्दै आएका छन् । ती ग्यास कम्पनीले विराटनगरस्थित आफ्ना डिलरलाई नियमित रूपमा पठाउनेभन्दा कम ग्यास उपलब्ध गराउँदै आएका छन्। विराटनगरमा सुविधा, त्रिशक्ति, प्रिमा, कन्काई, मेची, रिजाललगायत १० वटा ग्यास कम्पनीको उत्पादन बिक्री वितरण हुँदै आएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?