माेरङ – फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका विभिन्न ६ निर्वाचन क्षेत्रमा खटिएको निर्वाचन प्रहरीहरुको औपचारिक रुपमा विदाई गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा खटिएका ४ हजार ३ सय ६६ जनालाई बिहीबार एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कवित कट्वालका अनुसार निर्वाचन प्रहरीले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेका थिए।

निर्वाचनमा हुनसक्ने संभावित घटनासंगै मतदातासंग राम्रो समन्वय गरेका निर्वाचन मतदातालाई विदाईका क्रममा धन्यवाद दिएको उनले बताए। निर्वाचनका लागि मोरङमा ४ हजार ३ सय ८३ जनाको आवेदन माग गरिएको थियो।
तर, यसबीचमा विभिन्न कारण १७ जनालाई भने निरन्तरता दिन नसकिएको प्रहरी प्रमुख कट्वालले जानकारी दिए। निर्वाचनका क्रममा खटिएका प्रहरीलाई ४० दिनका लागि भर्ना गरिएको थियो। यसक्रममा उनीहरुले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन अहम भूमिका खेलेको प्रहरीले जनाएको छ ।