सुदूरपश्चिम प्रदेश सरकारप्रति प्रतिपक्ष आक्राेशित

सुदूरपश्चिम प्रदेश सरकारप्रति प्रतिपक्ष आक्राेशित
+
-
देशसञ्चार AI सारांश
  • सुदूरपश्चिम प्रदेश सरकारप्रति आक्रोशित बनेका प्रतिपक्षी दलले सुधारको बाटोमा नगएर ध्यानै नदिने आरोप लगाए।
  • नेता खगराज भट्टले पुराना दलहरूले निर्वाचन परिणामपछि सचेत र गम्भीर बन्नुपर्ने भनी चेतावनी दिए।
  • मुख्यमन्त्रीमाथि भ्रष्टाचारको आरोप लागे पनि निरीह रहेको र प्रदेश सरकारले संवाद नगरेको प्रतिपक्षले आरोप लगाए।

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारप्रति प्रतिपक्ष दल आक्राेशित बनेकाे छ। लगातार खबरदारी गर्दा पनि सुधारकाे बाटाेमा नगएकाे भन्दै प्रतिपक्षले आक्राेश ब्यक्त गरेकाे हाे।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेकाे संयुक्त सरकार छ। जसमा कांग्रेस नेता कमल शाह मुख्यमन्त्री छन् भने माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेकाे नेकपा प्रमुख प्रतिपक्ष दल रहेकाे छ।

नेकपा सुदूरपश्चिम संसदीय दलले बिहीवार पत्रकार सम्मेलन गरी सरकारका गतिविधिप्रति आक्राेश पाेखेकाे हाे। दलका नेता खगराज भट्टले फागुन २१ काे निर्वाचनकाे परिणामले पुराना दलले सचेत र गम्भीर बन्नुपर्ने वेला आएकाे बताए।

नेता भट्टले भने, ‘सुप सरकार मृत हाे या जीवित हाे थाहा छैन।’ उनले प्रदेश सरकार एकदम निरीह र गैरजिम्मेवार देखिएकाे बताए।

उनले भने, ‘संसद बैठक, समितिका बैठकलगायत सबै अस्तब्यस्त छन्, हिउँदे अधिवेशन सुरु गर्ने कुनै सुरसार छैन, प्रदेश सरकार सुतेकाे अवस्थामा छ।’

मुख्यमन्त्रीमाथि नै भ्रष्टाचार आराेप लाग्दा पनि मुख्यमन्त्री निरीह भएर कुर्सीमा बसिरहेकाे उनकाे आराेप छ। नेता भट्टले बजेट कार्यान्वयनकाे अवस्था एकदमै निरासाजनक रहेकाे, पटक पटक सचेत गराउदा, ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकार नसुन्ने अबस्थामा रहेकाे बताए।

नेता भट्टले भने, ‘प्रदेशकाे बन मन्त्रालय सारै विवादमा छ, मन्त्रालय काठ ब्यबसायीले चलाईरहेका छन।’
सदन नचलेका कारण बाहिर वाेल्नु पर्ने अवस्था प्रतिपक्षलाई आएकाे नेता भट्टले बताए। उनले सरकार संवाद गर्ने मनस्थितिमा नरहेकाे उल्लेख गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?