बुबा म पनि सांसद बन्छु!

बुबा म पनि सांसद बन्छु!
+
-
देशसञ्चार AI सारांश
  • मेरो हजुरबुबाले भन्नुभएको थियो, राणाशासनमा बोल्न पाउन गाह्रो थियो तर देशले विकास गरेको थियो।
  • पञ्चायतकालमा बुबाले चुनाव लडेको हुँदा आफू पनि एकदिन मन्नेय बन्ने सपना देखिएको थियो।
  • अहिलेका आधुनिक राणाहरुले सम्पत्ति बिगारेर बिदेशी बैंकमा राखेको सुन्दा बुबा निराश हुनुहुन्थ्यो।

सत्तिसालझैँ अडिलो जसले राणाशाशन, पञ्चायत, प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्र देख्नुभयो। मेरो हजुरबुबा (जसलाई म बुबा भनेर सम्भोधन गर्छु)। मैले धेरै जिज्ञासु भएर सानो हुँदा सोध्ने गर्थेँ-  बुबा, अस्ति हजुरले भोट दिएर जितेकोलाई किन माननीय (मन्नेय) भनेको?”

बुबाको उत्तर, ‘हामी सबले मानेर जिताएर पठाको मान्छे, तेही भएर।’ 

मेरा कलिला कौतुहललाई सधैँ मैले बुझ्ने भाष्यमा बुझाउन खोज्ने बुबालाई म अनेकौँ प्रश्न सोध्ने गर्थेँ- ‘बुबा, राणाशासन कस्तो थियो?’

बुबाले अल्मलिँदै भन्नुभयो- ‘अहिले जतिको बोल्न पाउँदैन थिए।’

अहिले अलि किताब र राजनीति बुझ्ने भएर होला, मलाई बुबाको त्यो उत्तर सारै सान्दर्भिक लाग्यो किनभने चाहिनेभन्दा बढी जुनसुकै कुराले पनि हानि गर्ने रहेछ। त्यो राणाशासन जसमा धेरै कुराको बन्देज हुँदाहुँदै पनि देशले धेरै कुराको विकास पाएको रहेछ, देश स्वाधीन रहेछ! केही सीमित पढेलेखेका वर्गलाई सत्ता र विलासिताको लोभ भएर होला आन्दोलन गरी फ्याँक्न चाहेको र फालेको। 

हाम्रा ठाउँमा पनि शासन गर्ने वर्ग थिए रे! शायद त्यही मिचाइको विरोधाभास भएर होला, पञ्चायतकालमा हाम्रो पुस्ताकै पहिलो साहस, बुबाले चुनाव लड्नु भएको! मलाई खुसी हुँदै सुनाउनु हुन्थियो बुबाले। ‘बुबा आजकल त चुनावमा पैसा भएन भने जित्न सक्किन रे त!’

‘राणाहरुले आफ्नो विलासी जीवनयापन गर्न बनएका कयों महल त छोडेर गए! अहिलेका आधुनिक राणाहरुले त भएको पनि बिगारे, सम्पति बिदेशी बैंकमा राखे!’

मेरो प्रश्नमा बुबाको उत्तर। ‘खै भावना, मन इमान बिक्ने समय भएर होला!’ बुबाको त्यो उत्तरले मेरो मनमा एउटा अमूल्य छाप  छोड्न पुग्य्यो। ‘बुबा, मा पनि एकदिन मन्नेय बन्छु!’ यसो भन्दै गर्दा बुबाको अनुहारमा धमिलो मुस्कान छायो। ‘२००७ सालको आन्दोलनमा तँभन्दा २-४ वर्ष जेठो शहिद भयो!’ बुबाको यो प्रसंगले म झस्किएँ। ‘शासन गर्ने वर्ग कति निर्दयालु हुन सकेका है बुबा! कलिलो मान्छेलाई गोली ताक्ने शासन, सत्ता र दानव एउटै हो र बुबा !?’ त्यही समयमा बुबाले समाचार सुन्ने पानासोनिक रेडियोमा गीत बज्यो। ‘बन्दैन मुलुक २-४ सपुत मरेर नगए।’  

एकदिन मैले आफ्नो स्नातकोत्तर सकाएर  बुबालाई भेट्न जाँदा भन्नुभयो। ‘राणाहरुले आफ्नो विलासी जीवनयापन गर्न बनएका कयों महल त छोडेर गए! अहिलेका आधुनिक राणाहरुले त भएको पनि बिगारे, सम्पति बिदेशी बैंकमा राखे!’ बुबाको निराश बाणी सुनेर म धेरै बेरसम्म टोलाएँ। त्यो पुस्ता जसले बर्बर दमन सहेर प्रजातन्त्र ल्यायो, अहिले त्त्यही पुस्ता निराशामा देख्दा कताकता मन अमिलो भयो। ‘बुबा म पनि राजनीतिमा लागौ त?’ बुबाले हाँस्दै भन्नुभयो, ‘विचार नबिक्ने देशमा राजनीति नगर!’ 

म अहिले सम्झना  गर्छु, मेरो बारीको बुडो बढारको रुख जसलाई देखाउँदै बुबा भन्नुहुन्थ्यो, ‘यो तेरो जिजुबाले रोपेको रुख जसले धेरै पुस्तालाई शीतल छहारी, बस्तुभाउलाई खडेरीमा घास र बर्खामा पानी पर्दा ओत दिन्छ, यो रुखलाई  दाउरा चहियो भनेर नकाट है।’

अनेकौँ कालखण्ड भोग्नु भएको मेरो बुवा कोरोना महामारी पनि झेली ३ वर्षअघि भगवानको प्यारो बन्नु भयो र यही साल त्यो बुढो बढारको रुख हावाहुरीले ढल्यो। यो साल त्यो रुख मात्र हैन, गंगालालजस्तै १९ जना कलिला युवालाई  नयाँ युगका नया विलासी राणाहरुले बन्दुकले भुटे,  हजुरको पालामा रेडियो सञ्चार बन्द नगर्ने ती राणाहरुलाई मैले नमन गर्नू नै पर्छ बुबा! किनकि अहिलेका राणाहरुले सामाजिक सञ्चार बन्द गरेकै कारण बुबाको पालाको सिंहदरबार पनि डढ्यो, इतिहास डढ्यो बुबा! इतिहास डढ्यो!! सायद हजुरलाई  पनि त्यो धुवाको रापले पोल्यो होला माथि?

बुबा! सायद यो पल्टको चुनावमा मैले लडेको भए जित्थे होला, जनताले बिद्रोहमा मान्छे हेरेनन्, विकल्प रोजे। महत दाइले राजकुलोको पानी लगाउन नपाएको झोँकमा कुलो भत्काए जस्सै गरी देश भत्काए, इतिहास सिद्ध्याए। बुबा!, विचार त जीवितै छ, कुनै दिन म पक्कै मन्नेय बन्ने छु!

(इन्जिनियर पोखरेल सिड्नीमा कार्यरत छन्।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?