इनिशाका लागि न्याय माग्दै कलाकर्मीहरू, कसले के भने?

इनिशाका लागि न्याय माग्दै कलाकर्मीहरू, कसले के भने?
+
-
देशसञ्चार AI सारांश
  • विभिन्न कलाकारहरूले सुर्खेतकी इनिशा विकको मृत्यु प्रकरणमा दोषीमाथि कडा कानुनी कारवाहीको माग गरेका छन्।
  • सामाजिक सञ्जालमा कलाकारहरूले इनिशाको न्यायका लागि आवाज उठाई सरकारलाई दोषीलाई कडा सजाय दिन दबाब दिएका छन्।
  • इनिशाको हत्यापछि माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ र प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

काठमाडौँ- सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको मृत्यु प्रकरणका दोषीमाथि कानुनी कारवाही गर्नुपर्ने माग गायक तथा कलाकारहरूले गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत इनिशालाई न्याय दिलाउन सरकारसँग माग राखेका हुन्।

नायिका रेखा थापाले इनिशाको फोटो सामाजिक सञ्जालमा साझा गर्दै न्याय मागेकी छन्। उनले लेखेकी छन्, ‘जस्टिस फर इनिशा।’

यसैगरी पूर्वमिस नेपालशृङ्खला खतिवडाले एक्स (ट्वीटर) मार्फत सम्झौताविहीन न्याय चाँडो दिनुपर्ने बताएकी छन्। खतिवडा लेख्छिन्, ‘इनिशा बीकेका लागि न्याय। अकल्पनीय क्रूरताका साथ एक बालिकाको जीवन खोसिएको छ। म बारम्बार सोच्छु- हामी बलात्कारको निन्दा त गर्छौं, तर किन त्यसलाई जन्म दिने संस्कृतिप्रति धेरैजसो मौन रहन्छौं ? न्याय छिटो आओस् र त्यो सम्झौताविहीन होस्। उनको आत्माले शान्ति पाओस्।’

अभिनेत्री वर्षा राउत इनिशालाई न्याय माग्दै लेख्छिन्, ‘हरेक पटक यस्ता क्रूर घटना घट्छन्। मन चिसो हुन्छ, छटपटी हुन्छ, रिस उठ्छ अनि सोच्छु, हामीलाई मात्र किन? हाम्रो नियति कस्तो भयो, आजको समाजमा छोरीले बाँच्नकै लागि संघर्ष गर्ने पर्ने हो।’

वर्षा प्रश्न गर्छिन्, ‘मलाई बाँच्न देऊ’ भनेर पनि हरेक पटक सामान्य बाँच्ने अधिकारकै लागि लड्नुपर्ने। तर प्रश्न- आखिर कहिलेसम्म? निर्मला पन्तदेखि इनिशा बिकसम्म। उही नियति, उही पीडा, उही माग। न्याय देऊ, बाँच्न देऊ। तर फेरि पनि प्रश्न उही रहिरहन्छ- कहिलेसम्म? ‘जस्टिस फर इनिशा’ बाँच्न देऊ।’

गायक तथा अभिनेता प्रकाश सपूतले राज्यले यस्ता घटनामा ‘शून्य सहनशीलता’को नीति अपनाउनुपर्ने बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘र, तर, वा, अथवा, तथापि भन्दै अपराधीलाई उम्काउने बहाना नखोजियोस्। हामीले थप छोरीहरू गुमाउन नपरोस्।’

कलाकार तथा फिल्म निर्मता रवीन्द्र सिंह बानिया नेपाली छोरीहरू परिवार तथा समाजबाट पनि सुरिक्षित हुन नसकेको बताउँछन्। उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘छोरी गर्भमा हुँदा परिवारबाट सुरक्षित छैनन्। छोरी कलिला हुँदा समाजबाट सुरक्षित छैनन्। छोरी ठूलो हुँदा पति अनि सहकर्मीबाटै सुरक्षित छैनन्।’

उनी लेख्छन्, ‘नरपिचासहरूको रूप फेरिरहने। शिकारको रूप सधै एउटै छोरी मान्छे पर्नुमाथि कडा प्रश्न गर्दछन्। ‘यो समाज छोरी मान्छेको पनि होइन कि हरेक छोरी मान्छेहरूको आत्मसम्मान सम्मान मर्दाङ्गी चाहना शक्ति पोख्ने खेलौना मात्र हो? उनले प्रश्न गर्दै लेखेका छन्, ‘छोरीलाई हामीले समाजका क्रुर मनोरोगी नरपिचासहरूसँग लड्न सक्ने गरी हुर्काउनु पर्नेछ।’

गायिका एलिना चौहानले इनिशाको तस्बिर सेयर गर्दै कानुनी व्यवस्थामाथि प्रश्न उठाएकी छन्। उनले बलात्कारीलाई फाँसीजस्तो कठोर सजाय दिनुपर्ने माग गर्दै लेखेकी छन्, ‘नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ। जबसम्म बलात्कारीलाई फाँसीजस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने देखिँदैन।’

गायिका रचना रिमालले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विगतका निर्मला पन्त र निरु विकजस्ता घटनाको स्मरण गरेकी छन्। उनले लेखेकी छन्, ‘हामी सबैले आवाज उठाउनै पर्छ। छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउनुपर्छ। अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउनुपर्छ।’

गायक शिव परियारले ‘जस्टिस फर इनिशा’ ह्यासट्याग उल्लेख गर्दै न्यायको माग गरेका छन्। उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

अभिनेत्री केकी अधिकारीले समाजको नैतिक अवस्थामाथि प्रश्न उठाउँदै लेखेकी छन्, ‘हामी समाजका रूपमा कहाँ उभिएका छौं? दोषी नउम्कियोस्, समाजको चेत खुलोस्। त्यसपछि मात्र विकासका कुरा गरौं।’

अभिनेत्री नीता ढुंगानाले बलात्कारीलाई कडा सजाय हुनुपर्ने बताएकी छन्।

यसैगरी गायिका जुनु रिजालले आफूमाथि भएको इनिशाको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै उनले लेखेकी छन्, ‘समाजले महिलामाथि हुने बलात्कार जस्तो विषयलाई मजाक नबनाइदिन अनुरोध गरेकी छन्।’

त्यसैगरी लोक गायिका टीका सानुले इनिशाको न्यायका लागि सामाजिक सञ्जालमा आक्रोशित भएकी छन्। इनिशाको न्याय माग्दै लेखेकी छन्, ‘पीडितलाई न्याय दिलाउन सरकारले अविलम्ब क्रियाशीलता देखाओस्। न्यायमा कसैको लागि पनि कुनै मोलमोलाइ नहोस्।’

नायिका रिमा विश्वकर्माले पनि इनिशाको लागि न्याय मागिरहेकी छन्। उनले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै उनले अमानवीय घटनाको संज्ञा दिएकी छन्। ‘सुर्खेतकी एक बालिका (दलित ) माथि भएको अमानविय घटना प्रति म लगायत सम्पूर्ण राज्य कै गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले लेखेकी छन्, ‘यस घटनाको सन्दर्भमा म प्रहरी प्रशासन र दलित आयोगसँग निरन्तर सम्पर्कमा छु। प्राप्त जानकारी अनुसार, घटना प्रारम्भिक अनुसन्धानको चरणमा छ र नेपाल प्रहरीले कुनै दबाब वा बाह्य प्रभावबिना निष्पक्ष रूपमा प्रमाण सङ्कलन तथा तथ्य अनुसन्धानको कार्य अघि बढाइरहेको जानकारी गराएको छ। घटनामा संलग्न दोषीको यथाशीघ्र पहिचान गरी कानूनी प्रक्रिया अनुसार कडा कारबाही गरिनुपर्छ।’

लेखेकी छन्, ‘यस संवेदनशील घटनाको अनुसन्धानलाई निष्पक्ष, पारदर्शी र जिम्मेवार ढङ्गले अघि बढाउँदै सत्यतथ्य उजागर गर्न नेपाल प्रहरी प्रतिबद्धताका साथ क्रियाशील रहोस् भन्ने हार्दिक अनुरोध व्यक्त गर्दछु।’

गुर्भाकोट नगरपालिका- ६ बडाखोली स्थायी घर भएकी इनिशा सुर्खेतको वीरेन्द्रनगर- १ मा बस्दै आएकी थिइन् ।

२३ फागुनको बिहान ट्युसन पढ्न हिँडेकी उनी घर फर्किनन्। खोजतलासका क्रममा स्थानीय सामुदायिक वनमा रगताम्य र शरीरभरि चोट लागेको अवस्थामा फेला परेकी थिइन् उनी। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई बलात्कारपछि हत्या गरिएको देखाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

इनिशाको न्याय माग्दै दुई दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन पनि गरिरहेका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?