ग्यास लिन बालाजुमा सर्वसाधारणको भीड (तस्बिरसहित)

ग्यास लिन बालाजुमा सर्वसाधारणको भीड (तस्बिरसहित)
+
-

काठमाडौँ- पछिल्लो समय पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेको अवस्थाका कारण विश्वभर पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रभावित हुने चिन्ता बढिरहेको छ।

छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तानमा समेत पेट्रोलियम पदार्थ तथा ग्यासको अभाव देखिन थालेको समाचारहरू सार्वजनिक भइरहेका छन्।

नेपालमा भने आधिकारिक रूपमा अभाव नरहेको दाबी गरिए पनि बजारमा यसको असर देखिन थालेको सर्वसाधारणले बताएका छन्।

नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको अभाव नरहेको जानकारी दिँदै आएको छ। तर, केही ग्यास बिक्री डिपोहरूले कृत्रिम अभाव सिर्जना गरेको आरोप सर्वसाधारणले लगाएका छन्।

यसैबीच, काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन आउने सर्वसाधारणको भीड बढेको देखिएको छ। ग्यास लिनका लागि सयौँ मानिस सिलिन्डर बोकेर लाइनमा बसेको दृश्य देख्न सकिन्छ।

सर्वसाधारणका अनुसार विभिन्न स्थानमा रहेका ग्यास डिपोहरूमा ग्यास उपलब्ध नभएपछि बाध्य भएर बालाजुस्थित उद्योगमै पुगेर ग्यास लिनुपरेको हो।

तस्बिरहरू:

तस्बिर : नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?