बिपीमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन

बिपीमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन
+
-
देशसञ्चार AI सारांश
  • धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ कलेजमा अत्याधुनिक स्किल्स ल्याब उद्घाटन गरिएको छ।
  • ल्याबमा बिरामी हेरचाहस“ग सम्बन्धित प्रायोगिक अभ्यासका सामाग्रीहरु विद्यार्थीले सुरक्षित वातावरणमा प्रयोग गर्न पाउनेछन्।
  • नर्सिङ शिक्षामा प्रायोगिक सीपको महत्व रहेको र ल्याबले दक्ष नर्स उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

माेरङ – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन गरिएको छ।

नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक तथा गुणस्तरीय बनाउने उद्देश्यसहित स्थापना गरिएको सो स्किल्स ल्याबमा बिरामी हेरचाहस“ग सम्बन्धित प्रायोगिक अभ्यासका सामाग्रीहरु राखिएको प्रतिष्ठानका प्रवक्ता प्राडा। समशेर श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरिएको सो ल्याबमा मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा सिमुलेसन सामग्री लगायत विरामीहरुलाई नर्सिङ्ग केयर गर्दा आवश्यक पर्ने सामाग्री तथा उपकरणहरु राखिएको प्रतिष्ठानका प्रवक्ता श्रेष्ठले जानकारी दिए। कार्यक्रममा कलेज अफ नर्सिङका प्रमुख प्रा. रमानन्द चौधरीले नर्सिङ शिक्षामा प्रायोगिक सीपको महत्व अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए।

उनले स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीस“ग प्रत्यक्ष रुपमा काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ प्रक्रिया तथा उपचार विधिहरू अभ्यास गर्ने, सिक्ने अवसर पाउने उल्लेख गरे। यस ल्याबको सुरुवातसंगै नर्सिङ शिक्षालाई अझ व्यवहारमुखी बनाउँदै दक्ष र सक्षम नर्स उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्किल्स ल्याबको स्थापनाले नर्सिङ शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने महत्वपूर्ण कदम भएको प्रतिष्ठानको भनाई छ। प्रतिष्ठानले यस ल्याबको सुरुवातसंगै स्वास्थ्य सेवाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?