कोशी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो, श्रम संस्कृति दोस्रो स्थानमा

कोशी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो, श्रम संस्कृति दोस्रो स्थानमा
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टी फागुन २१ गतेको निर्वाचनमा कोशी प्रदेशमा दोस्रो दलका रूपमा स्थापित भएको छ।
  • समानुपातिकमा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै नेपाली कांग्रेसलाई पछि पारेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १७ सिटमा जितिसहित पहिल्यै स्थानमा उभिएको आयोगले जनाएको छ।

माेरङ – सुनसरी क्षेत्र नम्बर एकबाट राष्ट्रिय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशमा दोस्रो दलका रुपमा स्थापित भएको छ।

निर्वाचन आयोगले बुधबार जारी गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको सो पार्टीले पुराना दल नेपाली कांग्रेस, नेकपा एमालेदेखि नेपाली कम्युनिष्ट पार्टीलाई समेतपछि पारेको छ।

प्रदेशमा प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ २ लाख ९२ हजार ४९ मत प्राप्त गरेको छ। यसअघि, प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५३ हजार १ सय ८३ मतसहित पहिलो स्थान ओगटेको छ। कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १७ सिटमा जित हात पारेको छ। त्यसैगरि, प्रत्यक्षतर्फ ४ सिट जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ २ लाख ९० हजार ५ सय ६२ मतसहित तेस्रो स्थानमा रहेको छ।

प्रत्यक्षतर्फ ४ सिटनै जितेको नेकपा एमाले भने २ लाख ८८ हजार १ सय ८६ मतसहित चौथो स्थानमा रहेको छ। त्यसैगरि, कोशी प्रदेशमा प्रत्यक्षतर्फ कुनै सिट हात नपारेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ १ लाख मत समेत कटाउन सकेको छैन। समानुपातिकतर्फ पाँचौ स्थानमा रहेको नेकपाले ९७ हजार ६ सय ७९ मत प्राप्त गरेको छ। यसैगरि, राजसंस्थासंगै हिन्दूराज्यको नारा बोक्दै आएको राष्ट्रि प्रजातन्त्र पार्टी समानुपातिकतर्फ छैटो स्थानमा सीमित भएको छ।

प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपाले समानुपातिकतर्फ ६२ हजार ८ सय ९९ मत प्राप्त गरेको आयोगले जनाएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालपनि समानुपातिकतर्फ आठौ स्थानमा सीमित भएको छ। जसपा नेपालले प्रदेशमा १३ हजार ८ सय ४० मत हासिल गरेको छ। आयोगका अनुसार समानुपातिकतर्फ प्रदेशमा त्रिमुल नेपालले सबैभन्दा कम १ सय ५ मत प्राप्त गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?