गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
+
-
देशसञ्चार AI सारांश
  • म्याग्दी जिल्लाको गायत्री मन्दिरको परिसरलाई बाढीको कटानबाट बचाउन कम्पोजिट प्रविधिको पर्खाल निर्माण योजना बनाइएको छ।
  • योजना अन्तर्गत पर्खाल निर्माण गर्ने ठेक्का कम्पनीले यथेष्ठ संसाधन परिचालन गरी चार महिनाअघि नै कार्य सम्पन्न गरेको हो।
  • यस वर्ष तीन जिल्लामा छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजनाहरू २० करोडभन्दा बढी लागतमा सञ्चालन भएको छ।

म्याग्दी – रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीयस्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण योजना निर्माण भएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दिर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो।

राहुघाट नदीको किनारमा ५३ मिटर दूरीमा नदीको सतहबाट दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्याबियन भरेर पर्खाल निर्माण भएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिए।

आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु दुई करोड १३ लाख ६६ हजार ८७८ लागत अनुमान गरिएको उक्त योजनाका गत भदौ ४ गते गुरुङ बाजे मण्डली जेभीसँग रु एक करोड ४२ लाख ५३ हजार ६४६ मा ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यभन्दा चार महिनाअघि काम सम्पन्न गरेको हो।

नदीमा पानीको सतह घटेपछि पुस महिनामा राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिएको थियो। काम थालेको दुई महिनामायोजना सम्पन्न भएको हो।

गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको छ। साधु, सन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ। गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तीर्थयात्रीहरुलाई बसोबासको व्यवस्था मिलाइएको छ।

यस वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सञ्चालन भएका आयोजना कार्यालयका प्रमुख विदुुरमान श्रेष्ठले बताए।

सम्बद्ध कम्पनीहरूले ती योजनाको निर्माण कार्यलाई बर्खाअघिनै सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएका आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार ती आयोजनाहरूको कूल लागत अनुमान रु २० करोड २९ लाख ७६ हजार ८३९ रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?