कार्यालयकाे छतबाट खसेर प्रहरीको मृत्यु

कार्यालयकाे छतबाट खसेर प्रहरीको मृत्यु
सांकेतिक तस्बिर ।
+
-

धनगढी- इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ । याे घटनालाई लिएर छानबिनका लागि समिति गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार साेमबार राति करिब ११ बजेतिर चदारा छतबाट खसेका थिए । उनलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको बुझिएकाे छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

मृतक प्रहरीका आफन्तले घटना शंकास्पद भएको बताउँदै छानविनकाे माग गरेका छन । उनीहरूले निस्पक्षे छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् ।

साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?