मोरङमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

मोरङमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो
+
-
देशसञ्चार AI सारांश
  • मोरङको प्रत्यक्ष निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ।
  • सदर भएका मतमध्ये ५३.३० प्रतिशत मत रास्वपाले प्राप्त गर्दा, नेपाली कांग्रेसले दोस्रो स्थान पाएको छ।
  • रास्वपाले मोरङका सबै निर्वाचन क्षेत्रहरूमा उच्च मतसँग पहिलो स्थान कायम राख्न सफल भएको छ।

मोरङ – प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ मोरङको सबै क्षेत्रमा जित हात पार्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि अत्यधिक मत हासिल गरेको छ।

निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा समानुपातिकतर्फ २ लाख ५४ हजार २१ मत हात पारेको हो। ५ लाख ५ हजार ६८ मत खसेको मध्ये ४ लाख ७६ हजार ५ सय ६९ मत सदर भएको छ। त्यसैगरि, २८ हजार ४ सय ९९ मत बदर भएको छ। सदर मतमध्ये रास्वपाले अधिक मत हासिल गरेको हो भने, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।

कांग्रेसले ६६ हजार ९ सय ७ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सदर भएको मतमध्ये ५३ दशमलव ३० प्रतिशत मत पाएको हो। आयोगका अनुसार जिल्लाका अन्य दललाई सदर भएको मध्ये ४६ दशमलव ७० प्रतिशत मत गएको छ।

जसमा दोस्रो स्थानमा रहदै नेपाली कांग्रेसले ६६ हजार ९०७ मत ल्याएको छ। त्यसैगरि, तेस्रो स्थानमा रहेको एमालेले ४९ हजार १सय ३२ मत मात्रै ल्याएको छ। समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले ४४ हजार २ सय १ मतसहित चौथो भएको आयोगले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले १९ हजार ९ सय ९६ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने १२ हजार ४ सय ३२ मत पाएको छ। आयोगका अनुसार क्षेत्र नम्बर १ मा रास्वपाले २९ हजार २ सय ९८ मत प्राप्त गरेको छ। त्यसैगरि, १७ हजार ५ सय ७० मतसहित श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ। नेकपा एमालेले ९ हजार ६ सय ९२, कांग्रेसले ९ हजार १ सय १८, नेकपाले २ हजार २७ र राप्रपाले १ हजार ६ सय ६५ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ मा पनि रास्वपा ४३ हजार ५ सय ७ मतसहित पहलो भएको छ। सो क्षेत्रमा एमालेले १२ हजार ४ सय ३, नेपाली कांग्रेसले ११ हजार ६ सय ३१, श्रम संस्कृति पार्टीले २ हजार ४ सय ४०, राप्रपाले १ हजार ६ सय ४३ र नेकपाले १ हजार ५ सय ६३ मत ल्याएका छन्। समानुपातिकतर्फ क्षेत्र नम्बर ३ मा पनि रास्वपा पहिलो स्थानमा छ।

रास्वपाले ४३ हजार ५ सय ७ मत प्राप्त गरेको छ। सो क्षेत्रमा नेकपा एमालेले १२ हजार ४ सय ३, नेपाली कांग्रेसले ११ हजार ६ सय ३१, श्रम संस्कृतिले २ हजार ४ सय ४०, राप्रपाले १ हजार ६ सय ४३ र नेकपाले १ हजार ५ सय ६३ मत पाएका छन्। आयोगका अनुसार क्षेत्र नम्बर ४ मा पनि रास्वपा ४६ हजार १ सय ५७ मतसहित पहिलो नै रहेको छ।

कांग्रेसले १० हजार ३ सय ४०, नेकपाले ६ हजार ५ सय ४५, एमालेले ६ हजार ३ सय १४, राप्रपाले २ हजार ४ सय १३ र श्रम संस्कृतिले १ हजार ४ सय ३० मत प्राप्त गरेका छन्। मोरङको क्षेत्र नम्बर ५ मा रास्वपाले ३७ हजार ९ सय ४७ मत प्राप्त गरेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसले ८ हजार ७ सय ९२ मतसहित दोस्रो स्थानमा पुगेको छ।

जसपा नेपालले ६ हजार ५ सय १५, नेकपाले ६ हजार २ सय २८, नेकपा एमालेले ५ हजार ९ सय ३२ र राष्ट्रिय उर्जाशील पार्टीले २ हजार ३ सय ७४ मत पाएका छन्। त्यसैगरि, क्षेत्र नम्बर ६ मा रास्वपाले सबैभन्दा धेरै ५४ हजार ५ सय मत प्राप्त गरेको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसलाई ११ हजार ९ सय ६४ मतसहित दोस्रो स्थानमा रहेको छ। सोही क्रममा नेकपा एमालेलाई ७ हजार २४, श्रम संस्कृति पार्टीलाई ३ हजार ७ सय ५४, राप्रपालाई ३ हजार ६ सय ३६ र नेकपालाई १ हजार ९ सय ३० मत प्राप्त भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?