चैते धान रोप्न व्यस्त सप्तरीका किसानहरू (फोटो-फिचर)

चैते धान रोप्न व्यस्त सप्तरीका किसानहरू (फोटो-फिचर)
+
-
देशसञ्चार AI सारांश
  • सप्तरीका किसानहरूले चैते धानको उत्पादन सुरु गरेका छन्, जसले असारे धानभन्दा दोब्बर उत्पादन दिन्छ।
  • सिँचाइको उच्च लागतका कारण चैते धान उत्पादन खर्चिलो भए पनि किसानहरूले राम्रो सिँचाइको व्यवस्था माग गर्दै छन्।
  • नेपालमा १ लाख ८ हजार ६ सय ७ हेक्टरमा चैते धान उत्पादन हुँदा ५.४८ टन प्रति हेक्टर उत्पादन भएको देखिएको छ।

प्रतिनिधिसभाको निर्वाचन भर्खर सकिएको छ भने देशभरबाट मत परिणाम पनि सार्वजनिक भइसकेको छ। भोट मागेर जितेकाहरू संसद भवन पस्न लाग्दा भोटदाता किसानहरू पनि अबको सरकारले किसानका लागि समयमा मलखाद, सिँचाइ, विद्युत् लगायत सामान्य माग पूरा गर्ने आशा राख्दै चैते धान रोप्न खेततिर पसेका छन्।

यतिबेला सप्तरीका किसानहरू चैते धान रोपाइँका लागि आफ्ना खेततिर लागिसकेका छन्। चैते धान फागुन महिनामा बिउ छर्ने, चैतको सुरुमा रोप्ने र जेठ १५ देखि भित्र्याउन सुरु गरिन्छ। ८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भए पनि मंसिरमा उत्पादन हुने धानभन्दा दोब्बर उत्पादन हुँदै आएको सप्तरीका किसानहरूको भनाइ छ।

चैते धान छोटो समयमा दोब्बर उत्पादन भए पनि खर्चिलो भएको स्थानीय किसानले जानकारी दिएका छन्। बिउ उखेल्नु, खेत जोत्नु, रोप्नु, घाँस उखेल्नु भन्दा महँगो सिँचाइमा लाग्ने गरेको उनीहरूले बताएका छन्। बिजुलीबाट बोरिङ प्रयोग गरेर सिँचाइ गरे कट्ठाको दुई सय र डिजेल माध्यमबाट सिँचाइ गरे तीन सय रुपैयाँ लाग्ने उनीहरूले बताए।

सुख्खा समय भएकाले ४ दिनको फरकमा सिँचाइ गर्नुपर्ने हुन्छ। जसका कारण पनि खर्च धेरै लाग्ने गरेको छ। किसानहरूका अनुसार सिँचाइको राम्रो व्यवस्था हुनुपर्छ र निःशुल्क व्यवस्था मिलाइनुपर्छ भन्ने उनीहरूको माग छ।

सप्तरीका १८ वटा पालिकामध्ये विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिका लगायतका स्थानमा यसपालि जिल्लामा २ हजार ५ सय हेक्टर जग्गामा चैते धान लगाइएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै हुने गरेको देखिन्छ। धान फोटोसिन्थेटिक बाली हो। घाम धेरै लाग्दा धान उत्पादन पनि धेरै हुन्छ। वर्षामा भन्दा हिउँदमा चैते धान धेरै फल्नुको मुख्य कारण पनि यही हो। नेपालमा चैते धान खेती विस्तार गर्न सके धानको उत्पादन पनि बढ्ने देखिन्छ। तर धेरै चैते धान हुने स्थानमा सिँचाइको अभाव देखिन्छ।

नेपालमा चैते धान १ लाख ८ हजार ६ सय ७ हेक्टरमा खेती हुँदा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको देखिन्छ, जुन ४.९८ टन प्रतिहेक्टर हुन्छ। तर असारे धान १३ लाख ३९ हजार १ सय ८२ हेक्टरमा खेती हुँदा ४९ लाख ४६ हजार १ सय ४१ टन अर्थात् ३.७४ टन प्रतिहेक्टर मात्रै हुने देखिएको छ।

तस्बिरहरू:

तस्बिर: विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी।

तस्बिर: विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?