गौरादहका नगर प्रमुखमाथि घरमै पुगेर हातपात गर्ने एक व्यक्ति पक्राउ

गौरादहका नगर प्रमुखमाथि घरमै पुगेर हातपात गर्ने एक व्यक्ति पक्राउ
+
-

झापा- झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि उनकै निवासमा पुगेर हातपात र गालीगलौज गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार साँझ ७:३० बजेको समयमा गौरादह–५, राजपति चोक चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले मादक पदार्थ सेवन गरी नगर प्रमुख सुवेदीको घरमा पुगेर अभद्र व्यवहार गरेका थिए।

पीडित नगर प्रमुख सुवेदीका अनुसार सिटौलाले उनको घरमा आएर “बाहिर निस्की” भन्दै गालीगलौज गर्नुका साथै आफूमाथि हातपात समेत गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका सिटौलालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

नगर प्रमुख सुवेदीमाथि हातपात र गालीगलौज गर्नुको वास्तविक कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?