रौतहटबाहेक मधेसको सबै जिल्लामा रास्वपाको ‘क्लिनस्विप’

रौतहटबाहेक मधेसको सबै जिल्लामा रास्वपाको ‘क्लिनस्विप’
+
-
देशसञ्चार AI सारांश
  • सप्तरीमा पुष्पाकुमारी चौधरी र अमरकान्त चौधरी निर्वाचित हुँदा सिरहामा बब्लु गुप्ता र शिवशंकर यादव विजयी भए।
  • धनुषा क्षेत्रमा रामविनोद यादव र महोत्तरीमा प्रमोदकुमार महतो प्रमुख प्रतिद्वन्दीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भए।
  • रौतहट र बारा क्षेत्रमा राजेशकुमार चौधरी, गणेश पौडेल, गणेश धिमाल र रहबर अन्सारी राम्रो संख्यामा मत ल्याएर निर्वाचित भए।

सप्तरी १ मा पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छन्। उनले ३८ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ मत प्राप्त गरेका छन्।

सप्तरी २ मा रामजी यादव निर्वाचित भएका छन्। उनले २८ हजार ४०४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत पाए। यहाँबाटै उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ९ हजार ८८० मत ल्याएर तेस्रो स्थानमा सीमित भए।

सप्तरी ३ मा अमरकान्त चौधरी निर्वाचित भएका छन्। उनले ३२ हजार ८७५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत मात्र पाए। क्षेत्र नम्बर ४ मा सिताराम साह ३६ हजार ४१२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १०३ मत मात्र पाए।

सिरहा १ मा अन्तरिम सरकारमा मन्त्री बनेका बब्लु गुप्ताले ४१ हजार ३२२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत मात्र पाए। क्षेत्र नम्बर २ मा शिवशंकर यादवले ३९ हजार ५६१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत पाएका छन्।

यस्तै, क्षेत्र नम्बर ३ मा शम्भुकुमार यादव ३२ हजार २४९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लिलानाथ श्रेष्ठले १० हजार १५६ मत पाए। क्षेत्र नम्बर ४ मा तपेश्वर यादवले ३६ हजार २१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अजय शंकर नायकले ७ हजार ९७२ मत पाए।

धनुषा क्षेत्र नम्बर २ मा रामविनोद यादवले ४१ हजार ६३७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका दिनेशप्रसाद यादव परसैलाले १० हजार १९८ मत मात्र पाए। क्षेत्र नम्बर ३ मा मनिष झा ४३ हजार ९८८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका विमलेन्द्र निधिले १६ हजार ६५२ मत प्राप्त गरे। यस्तै, नेकपा एमालेकी जुलीकुमारी महतोले ९ हजार ७८६ मत प्राप्त गरिन्।

क्षेत्र नम्बर ४ मा राजकिशोर महतोले ४८ हजार २७० ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ र एमालेका रघुबीर महासेठले ११ हजार ५२९ मत प्राप्त गरे।

महोत्तरी क्षेत्र नम्बर १ मा प्रमोदकुमार महतोले ३४ हजार ६३६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपाका गिरिराजमणी पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ मा दिपक कुमार साहले ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी जसपा नेपालका शरतसिंह भण्डारीले १० हजार १९८ मत मात्र प्राप्त गरे।

यस्तै, क्षेत्र नम्बर ३ मा उज्वलकुमार झाले ३२ हजार ४५१ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी मुहमद रिजवानले ५ हजार ९६९ मत प्राप्त गरे। क्षेत्र नम्बर ४ मा गौरी कुमारीले ३० हजार १३२ मत प्राप्त गर्दा जसपा नेपालका सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत प्राप्त गरे।

सर्लाही क्षेत्र नम्बर १ मा नितिमा भण्डारी (कार्की)ले ४४ हजार १८१ मत प्राप्त गरेर निर्वाचित हुँदा कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरे। क्षेत्र नम्बर २ मा रबिन महतो ४२ हजार ५१२ मत प्राप्त गर्दा नेकपाका ८ हजार ५२३ मत प्राप्त गरेका छन्।

यस्तै, क्षेत्र नम्बर ३ मा नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ४ मा अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका सभापति गगन कुमार थापाले २२ हजार ८३१ मत मात्र प्राप्त गरे।

यस्तै, रौतहट क्षेत्र नम्बर १ मा राजेशकुमार चौधरी २८ हजार ९४६, रौतहट ३ मा रविन्द्र पटेलले २७ हजार ३१८, रौतहट ४ मा गणेश पौडेलले ३६ हजार ८७६ मत ल्याएर निर्वाचित भएका छन्।

यस्तै, बारा १ मा गणेश धिमालले ३९ हजार ९९८, बारा २ मा चन्दनकुमार सिंहले ३५ हजार ५९०, बारा ३ मा अरबिन्द साहले ४० हजार ६९७ र बारा ४ मा रहबर अन्सारीले ४१ हजार २ सय मत ल्याएर निर्वाचित भएका छन्।

पर्सा क्षेत्र नम्बर १ मा बुद्धिप्रसाद पन्तले २७ हजार २७४, क्षेत्र नम्बर २ मा सुशील कुमार कानुले ३० हजार ७४०, क्षेत्र नम्बर ३ मा रामाकान्त प्रसाद चौरसीयाले २९ हजार ६७९ र क्षेत्र नम्बर ४ मा टेकबहादुर शाक्यले २८ हजार ६ मत ल्याएर निर्वाचित भएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?