महोत्तरी– ४ मा रास्वपाकी गौरी कुमारी निर्वाचित

महोत्तरी– ४ मा रास्वपाकी गौरी कुमारी निर्वाचित
+
-

जनकपुरधाम – महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौरी कुमारी निर्वाचित भएकी छन्।

उनी ३० हजार १३२ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत प्राप्त गरेका छन्। यादव २०७९ को निर्वाचनमा पनि यस क्षेत्रबाट पराजित भएका थिए।

नेपाली कांग्रेसका महेन्द्र कुमार रायले ६ हजार ९४४ मत प्राप्त गरे। उनी यसअघिको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए।

यस्तै, नेकपा एमालेकी निलम कुमारी अधिकारीले ६ हजार १९२ मत पाएकी छन् भने मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका भरतप्रसाद साहले ५ हजार ३३६ मत प्राप्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?