हुम्लामा ४२ दललाई समानुपातिक मत

हुम्लामा ४२ दललाई समानुपातिक मत
+
-
देशसञ्चार AI सारांश
  • हुम्ला जिल्लामा समानुपातिक मतगणनामा ४२ दललाई मत प्राप्त भएको पाइएको प्रमुख निर्वाचन अधिकृतले बताएका छन्।
  • नेपाली काँग्रेसले ७,२७४ मतका साथ पहिलो स्थान हासिल गर्दै नेपाली कम्युनिष्ट पार्टीले ६,०१४ मत प्राप्त गरेको छ।
  • नेकपा एमालेले ४,८६३ मत प्राप्त गर्दा अन्य दलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले १,३१८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९७ मत पाएका छन्।

हुम्ला – हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मततर्फ ४२ दललाई मत दिएका छन्। समानुपातिक मत गणना भएपछि ती दललाई मत दिएको पाइएको हो।

प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यस लगत्तै समानुपातिक तर्फको मतगणना गर्दा जिलाका मतदाताले ४२ दललाई मत प्रदान गरेको देखिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए।

हुम्लाका ताँजाकोट, अदानचुली, चंखेली, सर्केगार्ड, खार्पुनाथ, नाम्खा र अस्थायी मतदाताको मतदान केन्द्रको मत गणना  सम्पन्न भएको छ।

समानुपातिकतर्फ ५७ वटा दलले सहभागिता जनाएकोमा तीमध्ये हुम्ला जिल्लामा ४२ वटा दलहरुले मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त मतगणना विवरण अनुसार नेपाली काँग्रेसले सात हजार २७४ मत प्राप्त गरेर पहिलो देखिएको छ भने छ हजार १४ मत प्राप्त गरेर नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले चार हजार ८६३ मत प्राप्त गरेर तेस्रो पार्टीका रुपमा रहेको छ।

त्यसैगरी राष्ट्रि स्वतन्त्र पार्टीले एक हजार ३१८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १९७, प्रगतिशिल लोकतान्त्रिक पार्टीले २१४, नेकपा माओवादीले १०५ मत र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २६५ मत प्राप्त गरेको छ। राष्ट्रिय मुक्ति मोर्चा नेपाल बाहेक अन्य सात दलले भने हुम्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए। अन्य ३३ दलहरुले एकदेखि १४ मत प्राप्त गरेका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?