अ
+
अ
अ
-
जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामविनोद यादव निर्वाचित भएका छन्। उनले दुई जना पूर्वमन्त्री र एक जना संविधानसभा सदस्यलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
यादवले ४१ हजार ६३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका दिनेशप्रसाद यादव परसैलाले १० हजार १९८ मत ल्याएका छन्। उनी संविधानसभा सदस्य हुन्।
यस्तै, पूर्वमन्त्री एवं नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ मत पाएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री रामचन्द्र झाले ८ हजार ४०३ मत पाएका छन्।
जनता समाजवादी पार्टी, नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले ३ हजार ८३० मत पाएका छन्।
यस्तै, जनमत पार्टीका सुरेन्द्रप्रसाद यादवले १ हजार १७७, स्वतन्त्र उम्मेदवार जयनाथ अधिकारीले १ हजार ८१ मत पाएका छन् ।