अ
+
अ
अ
-
मोरङ- गत भदौ २३ गते बानेश्वरमा भएको घटनामा गोली लागेर घाइते भएकालाई मोटरसाइकलमा राखेर उद्धार गर्दै चर्चामा आएकी किशोरी कार्की प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकी छिन् ।
२६ वर्षीय जेनजी कार्की ओखलढुंगा निर्वाचन क्षेत्रमा विजयी भएका विश्वराज पोखरेलसँग १२ हजार ९ सय ८८ मतको भारी अन्तरले पराजित भएकी छिन् ।
निर्वाचन आयोगका अनुसार उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी कार्कीले ९ सय ६५ मत मात्र हात पारेकी छिन् ।
पराजय भएसँगै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित हात पारेका पोखरेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन् । उनले ओखलढुंगा जिल्ला र देशको विकासका लागि अझ उत्कृष्ठ काम गर्न विजयी भएका उम्मेदवार पोखरेललाई सुझाव दिएकीछिन् ।