'चुनाव हारेको जिम्मेवारी नेतृत्वले लिनुपर्ने माग'

एमाले मकवानपुरका अध्यक्ष पोखरेलले दिए राजीनामा

एमाले मकवानपुरका अध्यक्ष पोखरेलले दिए राजीनामा
+
-

काठमाडौँ– चुनावमा नराम्रोसँग हार बेहोरेपछि नेकपा एमालेका मकावानपुरका अध्यक्ष श्रीधर पोखरेलले जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिएका छन्।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपाले विजयी प्राप्त गरेपछि हारको जिम्मेवारी लिँदै उनले आइतबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरेर राजीनामा घोषणा गरेका हुन्।

०७९ को निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमाले यसपटक लज्जास्पद तेस्रो बन्ने लगभग निश्चित जस्तै भएको छ। निर्वाचनमा एमालेले देशभर भोगेको पराजयको पार्टीका शिर्ष नेताहरूले जिम्मेवारी लिनुपर्ने र समीक्षा गर्नुपर्ने मागसमेत उनको रहेको छ।

‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन’, उनले भनेका छन्।

आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्ने उनको भनाइ छ। पदबाट राजीनामा दिए पनि पोखरेलले अब आउने युवा पुस्तालाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?