श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङबाट आरेन राई निर्वाचित

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङबाट आरेन राई निर्वाचित
अन्य व्यक्तिसँगै कालो ज्याकेटमा बिचमा उभिएर हात उठाउँदै आरेन राई
+
-
देशसञ्चार AI सारांश
  • हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट निर्वाचित भई पार्टीले संसदको यात्रा सुरु गरेको छ।
  • राईले १६,६१२ मत प्राप्त गर्दा एमालेका देवविक्रम राई र कांग्रेसका वीरकाजी राई क्रमशः दोस्रो र तेस्रो भए।
  • खोटाङमा ६२,५६६ मत खस्दा ५८,६३८ मत सदर भई ३,९२८ मत बदर भएको जानकारी निर्वाचन अधिकृतले दिए।

काठमाडौँ– हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खाता खोलेको छ। श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट निर्वाति भएसँगै यस पार्टीले पनि संसदको यात्रा तय गरेको छ।

राई १६ हजार ६ सय १२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४ मत प्राप्त गरे।कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७, नेपाली कम्युनिस्ट पार्टी हरि रोकाले ९ हजार ४ सय ४३ मत प्राप्त गरेका छन्।

देशभर रास्वपाको लहर चलेको समयमा खोटाङमा भने रास्वपाका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याउँदै पाँचौ स्थानमा रहे। यस्तै यहाँ राप्रपाका दिपक ताङमाले ७७७, जसपा नेपालका सुनिल चाम्लिङले १११, नेमकिपाका ध्यानप्रसाद ढकालले २६, मंगोल नेशनल अर्गनाइजेसन  प्रयाग राईले ३२, राष्ट्रिय परिवर्तन पार्टीका मिरेन राईले ९४७, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६, नेकपा माओवादीका चन्द्रबहादुर बढाले १८२ र जसपाका राकेश राईले ३३७ मत प्राप्त गरे।

यहाँ कुल १ लाख ४७ हजार १२० मतदाता रहेकोमा ६२ हजार ५६६ मत खसेको थियो। जसमा ५८ हजार ६३८ मत सदर  भयो भने ३ हजार ९२८ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?