अ
+
अ
अ
-
जनकपुरधाम- मधेस प्रदेशमा नेपाली कांग्रेस पनि खाता खोलेको छ।
रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले २९ हजार ५२८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
आलम ११ हजार८६ मतान्तरले निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भने तेस्रो स्थानमा रहेका छन्। रास्वपाका शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपालका रामअशिष राय यादव २ हजार ९६०, नेकपा एमालेका महम्मद अतिउल्लाहले २ हजार ३८२ मत प्राप्त गरेका छन् ।
निर्वाचित भएका आलम पूर्वमन्त्री अफ्ताब आलमका छोरा हुन्।