सुनसरी–३ मा रास्वपाका चौधरी निर्वाचित

सुनसरी–३ मा रास्वपाका चौधरी निर्वाचित
+
-

धरान (सुनसरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी भएका छन् ।

सो क्षेत्रका निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार उनी ४७ हजार ४२१ मत प्राप्त गरी विजयी भएका हुन् ।

चौधरीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मतमात्र प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की भगवती चौधरीले १५ हजार ८३ मत, श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले एक हजार ७८० र नेपाल कम्युनिष्ट पार्टीका दुर्गेशकुमार चौधरीले एक हजार ५५१ प्राप्त गरे ।

उक्त क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका, इनरुवा, दुहबी, बर्जु गाउँपालिका गरी ३५ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १८५ मत खसेको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?