राजेन्द्र महतोको जमानत जफत

राजेन्द्र महतोको जमानत जफत
फाइल तस्बिर।
+
-

जनकपुरधाम – सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार मतदान भएपछि शनिबार मतगणना सम्पन्न भएकोमा यस क्षेत्रमा ३१ जना उम्मेदवारमध्ये २९ जनाको जमानत जफत भएको हो।

निर्वाचन आयोगको मत परिणामअनुसार यस क्षेत्रमा ७२ हजार ३८१ सदर मत रहेकोमा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उम्मेदवार रहेका पार्टी अध्यक्ष महतोले ५ हजार ९९२ मत पाएका छन्। यो कुल सदर मतको ८.२८ प्रतिशत हो।

यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवीन महतो निर्वाचित भएका छन्। उनले ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका हुन्। यो कुल सदर मतको ५८.७३ प्रतिशत हो।

यस्तै, यो क्षेत्रबाट २०७९ को निर्वाचनमा निर्वाचित भएका नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले जमानत बचाउन सफल भएका छन्। उनले ८ हजार ५२३ मत प्राप्त गरेका छन्। यो कुल सदर मतको ११.७८ प्रतिशत हो।

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार रहेका डा. सरोज कुमारले समेत जमानत बचाउन सकेका छैनन्। उनले ७ हजार ३९ मत प्राप्त गरेका छन्। यो कुल सदर मतको ९.७२ प्रतिशत हो।

यस्तै, नेपाल संघीय समाजवादी पार्टीबाट उम्मेदवार रहेका रजी अहमद पाँचौं स्थानमा रहँदै २ हजार २८३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका नागेश्वर साहले १ हजार ४६३, जनमत पार्टीका विपीन कापरले ७५६, जनता समाजवादी पार्टी नेपालका भरत चौधरीले ५१८ मत प्राप्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?