बालेन फस्नसक्ने खाडल पनि निक्कै फराकिलो छ

बालेन फस्नसक्ने खाडल पनि निक्कै फराकिलो छ
+
-
देशसञ्चार AI सारांश
  • नेपालका पुराना राजनीतिक दलहरूले चुनावमा भाग लिएर जनलहरको प्रतिक्रिया सही रूपमा बुझ्न नसकेको देखिन्छ।

  • जेन्जी आन्दोलनको उभारलाई पुराना दलहरूले कुकर्मको परिणामका रूपमा स्वीकार नगर्दा तिनीहरू परास्त भएका छन्।

  • बालेन शाहको नेतृत्वलाई सशक्त बनाउन जनमतको सम्मान गर्दै प्रभावकारी सुधारको अपेक्षा गरिएको छ।

यस प्रकारको चुनावी परिणाम लगभग निश्चित थियो। आफूविरुद्धको जनलहरलाई चुनावमा भाग लिएर पुराना दलले आनुमोदन गरे। बंगलादेशको पछिल्लो निर्वाचनमा जेन्जी पुस्ताको पराजयबाट हौसिएका पुराना दल परिस्थितिको उल्टो मूल्यांकन गरेर अझै चुकेका थिए। राजनीति हो हारजित हुन्छ तर यस पटक नेपालको माहौलले राजनीतिको धरातललाई नविनतम कोणबाट उजागर गरेको छ।

२०४६ को जनआन्दोलनपछि जनताले नेपाली कांग्रेस, एमाले र माओवादी तीनै दललाई बहुमत दिएकै हुन्। यस पटकको बहुमत कलिलो रास्वपामा उर्लिएको छ। पहिले आफ्ना मतले शक्तिशाली बनाइएका दल र त्यसको नेतृत्वलाई हेर्नै नपर्ने गरी नेपाली जनताले सबक सिकाएका छन्। जनताको निर्णय, सन्देश अत्यन्त प्रष्ट छ- जनमत लिइसकेपछि मतमा सन्निहित जिम्मेवारीलाई वोध गर। सत्य वोध गर। बदमाशी नगर। सिंहदरवार पसेका स्यालहरू सिंह हुन नखोज। सिंहदरवारमा जनताको काम हुन सकेन भने सबैको हुने हविगत यस्तै हो। भयो त्यस्तै। हुनेछ यस्तै!

लोकतन्त्रमा जेपनि बोल्न, गर्न छुट हुँदैन। आज बेलेको कुराको कालन्तरसम्म जिम्मेवारी लिनुपर्छ। झन् प्रविधि र सामाजिक संजालको यो दुनियामा बोल्यो कि पोल्यो बन्ने उक्ति सम्झन सक्नु राम्रो। बोली र गोली छुटे पछि कहिल्यै फिर्ता लिन सकिन्न। दुर्घटनासम्म धकेल्छ। यो अर्ती विशेषगरी उमेरले पाका (अक्टोजेनरियन) केपी शर्मा ओलीले लिउन भन्ने यतिबेला धेरैको कामना हुनसक्छ। बस, कम बोल। धेरै काम गर। कामसँग जनतालाईबोल्न देऊ। तिमीलाई काम गर्न सिंहदरवार पठाईएको हो। गफ गर्न, उखान टुक्का जोडेर रंगमन्च बनाउन पठइएको होइन!

अहिलेको चुनावी लहरमा जेन्जी आन्दोलन र बालेन शाह केन्द्रमा देखिएका छन्। जेन्जीहरूको भावना र आकांक्षालाई आन्दोलनको यो हदसम्म ल्याउन पुराना ठूला दलका नेतृत्वको कुकर्मले मलजल गरेकै हो। काठमाण्डौ महानगरपालिकामा सिमीत रहेको मेयरको हैषियत एकाएक मुलुकको नेतृत्वमा वदलिएर अब सिहदरबार छिर्दैछ। अब कसैले रोक्न सक्दैन। त्यसैले जेन्जी आन्दोलन र बालेन शाहको व्यक्तित्व पुराना, ठूला दलले गरेका कुकर्म बिरुद्धको उभार थियो भनेर नबुझ्नु नै कसैकालागि घातक थियो। जो जसले बुझ्नु पर्थ्यो बुझेनन्। अब बुझे होलान् तर केही गर्न नसक्नेवा छपनीले थिचिएको विरुवाजस्तै भएका छन्।

नेपाली कांग्रेस वीपीको कांग्रेस हो, परिकल्पना हो। माओवादी हिंसा र २०६३ पछिका राजनीतिक धाँधलीहरूमा सत्ता कै खातिर नेपाली कांग्रेसको नेतृत्व बरू प्रचण्ड पथको जालोमा फस्यो तर कहिल्यै पनि फसेको वोध गरेन। उल्टै गणतन्त्र, संघियता र धर्म निरपेक्ष आफैले ल्याएको भ्रम पाल्यो। फैलायो। राजसंस्था फ्याँकेकोमा नेपाली कांग्रेसले गर्व गर्ने आधार नै छैन।जवर्जस्ति मिसाइएको थियो। घुसाईएको थियो।चार तारामध्ये एउटा ताराको मतलव धार्मिक स्वतन्त्रता हो; निरपेक्ष होइन! बुझ पचाउन त सकिन्छ पुष्टि गर्न सकिने आधार छैन। तत्कालको परिस्थितिलाई उपयोग गर्दै क्रमशः २०४८ को संविधान नजिक फर्कन, फर्काउन सकिने माहौललाई किन नेपाली कांग्रेसको नेतृत्व चुकिरह्यो? यसरीआफ्नो केन्द्र-शक्तिलाई उपेक्षा गरिरह्यो। त्यसैको परिणाम हो अहिलेको परिस्थिति उसका लागि।

सीताले लक्ष्मण रेखा नाघ्दाको परिणाम रामले भोगेजस्तै भएको छ। त्यस्तै हुन्छ अवस्था। त्यसैले जेन्जी आन्दोलन र परिणाम पनि बाटो बिराएको नेपाली कांग्रेसलाई चडकन हो।जेन्जी आन्दोलन कांग्रेसको विचारले ल्याएको होईन। बरू कांग्रेस नेतृत्वले गरेका कुकर्म बिरुद्धको उभार हो। शताब्दि पुरानो पिताजि कृष्ण प्रसाद कोईरालाको आवास जलाईएको छ। हिजो मओवादि आन्दोलनका नाममा कांग्रेसीहरू छप्छप्ति काटिएका थिए!त्यो बाटो कसको हो? त्यहि बाटो पछि लाग्ने अझै? नयाँ बिचार, शक्ति दिनु परेन? नयाँ कांग्रेस भनेको के हो? वीपीबिनाको कांग्रेस हो? किन मान्ने नेपाली कांग्रेसलाई अब? स्मरणिय रहोस- नेपालले पृथ्विनारायण शाहलाई विर्सेको दिन र वीपी कोईरालालाई नेपाली कांग्रेसले लत्याएको दिन उस्तै कहाली लाग्दो हुन्छ। नयाँ पुराना जेसुकै होस, जोसुकै होस कांग्रेसले वीपी आदर्शलाई विर्सन मिल्दैन। समय सापेक्ष विचारलाई अस्थाइ रुपमा बदल्न सकिन्छ तर वैचारिक आधार बदल्न सकिन्न। हुँदैन पनि।आदर्श मेटिन दिनु हुँदैन। हरियो रुखलाई उखेलेर अन्यत्र सार्न खोजियो भने सजिलै सर्छ र? त्यही हो बुझ्नु पर्ने शक्ति केन्द्र र स्थानान्तरणको अवस्था!गगन थापाले विशेष महाधिवेशन गरेर कांग्रेसलाई जोगाउन, उठाउन खोजेकै हुन् तर समय घर्कि सकेको थियो।

बालेनले भडखालोबाट जोगाउँछन कि झन् फसाउँछन भनेर थर्कमान हुनुपर्ने अबस्था छ।

अबको नेपाली कांग्रेसले जेन्जी आन्दोलन, निर्वाचन पछिका परिणामलाई गुण र दोषका आधारमा मूल्यांकन गर्दै शोकलाई शक्तिमा बदलेर आफ्नै केन्द्र, वासस्थान तिर फर्कने आँट गर्न सकेन र बालेनको लेनतिरै लागे भने कांग्रेसको ‘क’ पनि बाँकि रहला जस्तो लाग्दैन। बास आफ्नै घरमा बस्दा जति सुरक्षित हुन सकिन्छ पाहुनाको मेहमान र लोकचार धेरै टिक्दैन। कांग्रेसले आफ्नै आवास पहिचान गरोस। घर भित्रकै मूर्ती खोजोस्! तपस्यामा लीन रहोस र देश, जनता र प्रजातन्त्रकालागि पुनः शक्ति सम्पन्न भएर उदाओस्।

कलिला बालेन शाह अब नेपालको जिम्मेवार नेता हुने चरणमा आइपुगेका छन्। जनमतको सम्मान गर्नुपर्छ। उनी बधाईका पात्र हुन्। उनलाई बिरालोलाई झैं बन्द कोठामा थुन्न खोजियो तर उनले थुन्न खोज्नेकै अनुहारहरूलाई  चिथोरेर बाहिर निस्केका छन्। नेतृत्वले उठाउनु पर्ने साहस देखाए। यतिबेला उनलाई धेरैले नजर लगाएको अवस्था छ। यस्तै अवस्था थियो कुनै दिन पुराना दलका नेतृत्वहरूको पनि। बालेन नेता त बन्दैछन् तर राजनेता हुन सक्छन् कि सक्दैनन् भन्न सकिन्न। मेयर भएर करिव तीन वर्षको अवधिमा गरेका कामको उपलब्धि, जेन्जी आन्दोलनको राप र तापले उनलाई नेतृत्व लिन सहज भएको छ। उनले देशभित्र आन्तरिक सुधार गर्न सक्छन। त्यो कुरा आशा गर्न सकिन्छ तर भारतले अघि सारेको अग्नी पथ, अमेरिकाले अघि सारेको एसपीपी र चीनको आशंका लगायत भूराजनीतिको दवावलाई सामना गर्न सहज हुने देखिंदैन।नेपाललाई त्यही भडखालोको नजिक ल्याई सकिएको छ। बालेनले भडखालोबाट जोगाउँछन कि झन् फसाउँछन भनेर थर्कमान हुनुपर्ने अबस्था छ।

मुलतः बालेन राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक थिएनन् भन्न सकिन्छ तर चुनावको मुखैमा जोडिए। रास्वपाका धेरैजसो संसदलाई उनले चिनेजानेका पनि छैनन्। दल, कार्यकर्ता र सांसदहरूबिचको समन्वय पनि उनका लागि चुनौतीपूर्ण हुनेछ। नियन्त्रण र जिम्मेवारी बाहिर रहेको सामाजिक संजालको अनियन्त्रित सूचना, दलाली र मिडिया ट्रायल्सको जंगल पनि छिचलि नसक्नु छ। मिडिया कब्जा गरेर देश लुटने लुटेराहरूको सर्वत्र विगविगी छ। बालेन चर्को घाम झैं  उदाउनुमा उनले गरेका काम र उपलब्धिमात्र हो भनेर देख्न हुन्न। बिभिन्न स्वार्थ भएका शक्तिहरूले पनि उनलाई साथ दिएर फाईदा लिने तयारीमा छैन भन्न सकिन्न। बालेन फस्न सक्ने खाडल पनि निक्कै फराकिलो छ।

जे होस, आफ्ना विरुद्ध देख्न सकिने जन लहरलाई चुनावमा भाग लिएर पुराना दलले परिणामलाई आनुमोदन गरे।बालेनमा काम गर्ने हुटहुटी हुन सक्छ तर उनलाई असल सल्लाहको खाँचो पर्छ। अहिले मतमा पराजित देखिएका शक्तिहरूले उनलाई कुमार्गमा जान नदिन एकतावद्ध, संगठित र वैचारिक हुनुपर्ने चुनौति आएको छ।सतर्कता अपनाउनु जरुरी छ। कसैलाई असहयोग र निशेध गरेर होइन साझेदारीका साथ मेलमिलाप गरेर नेपालीहरू एक हुनुको विकल्प छैन।हिजो भ्रममा परेर उपेक्षा गरिएका सबै शक्ति, व्यक्ति, संस्था र विचारलाई समेटेर शक्ति आर्जन गर्नुको विकल्प अब कसैसँग रहेन।

jesiwagle@gmail.com

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?