संखुवासभामा मतगणना सुरु हुँदै

संखुवासभामा मतगणना सुरु हुँदै
+
-

मोरङ – खराब मौसमका कारण शुक्रबार मतपेटिका संकलन हुन नसकेको संखुवासभा जिल्लाको मतगणना सुरु हुने क्रममा रहेको छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी घाङरी लामाका अनुसार शनिबार बिहान जिल्लामा रहेको एक मात्र निर्वाचन क्षेत्रका सबै मतदानस्थलबाट मतपेटिका संकलन भइसकेको छ।

सूचना अधिकारी लामाले नेपाली सेनाको हेलिकप्टरबाट बिहान मतपेटिका संकलन गरी सदरमुकामस्थित गणनास्थलमा पुर्‍याइसकेको जानकारी दिए।

खराब मौसमका कारण शुक्रबार भोटखोला गाउँपालिका–२ को थुदामबाट मतपेटिका संकलन हुन सकेको थिएन। बिहान मतपेटिका संकलन भएसँग करिब साढे १० बजे सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए।

बैठकपछि दिउँसो सवा १२ बजेबाट मतगणना सुरु गर्ने तय भएको थियो। अब केहीबेरमा मतगणना सुरु हुने उनले जानकारी दिए।

संखुवा सभामा नेकपा एमालेबाट अर्जुनकुमार कार्की, नेपाली कांग्रेसबाट दिपनकुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मि मा शेर्पा लगायत १६ जनाको उम्मेदवारी रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?