मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशीको सानदार जित, हेभिवेट नेताहरू पराजित

मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशीको सानदार जित, हेभिवेट नेताहरू पराजित
+
-

विराटनगर- मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्।

३४ वर्षीय युवा उम्मेदवार राजवंशीले स्थापित दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै संसदको यात्रा तय गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरेका छन्। कांग्रेसका घिमिरे १२ हजार ८ सय १८ मतमा सीमित हुन पुगे।

यसअघिका दुई निर्वाचनमा सोही क्षेत्रबाट लगातार विजयी हुँदै आएका नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी यसपटक १० हजार ७ सय १२ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्।

प्रतिस्पर्धामा नेकपा एमालेका जीवन घिमिरे ६ हजार ९ सय ३३ मतका साथ चौथो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार माधव आचार्यले १ हजार १ सय ६३ मत प्राप्त गर्दै पाँचौँ स्थान सुरक्षित गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?