मोरङका ६ वटै क्षेत्रमा रास्वपाको अग्रता

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको अग्रता
+
-

मोरङ – प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङमा मतगणना जारी छ। हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाका सबै ६ निर्वाचन क्षेत्रमा अग्रता बताएको छ।

मोरङको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने ८ हजार ९ सय ६३ मतसहित पहिलो स्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ६ हजार ६ सय ५२ मतसहित पछ्याइरहेकी छन्। उक्त क्षेत्रमा नेपालीका कांग्रेसका उम्मेदवार खड्ग फागो वनेम ४ हजार ४ सय ५१ मतसहित तेस्रो स्थानमा छन्। नेकपा एमालेका घनश्याम खतिवडा भने ३ हजार १ सय २२ मतसहित चौथो स्थानमा छन्।

क्षेत्र नम्बर २ मा रास्वपाका कृष्णकुमार कार्की पहिलो स्थानमा रहेका छन्। कार्कीले ८ हजार ५ सय ७१ मतसहित पहिलो स्थानमा अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवार दिलिप अग्रवाल ३ हजार ४६ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार डा. मीनेन्द्र रिजाल भने २ हजार ७ सय २० मतसहित तेस्रो स्थानमा छन्।

क्षेत्र नम्बर ३ पनि रास्वपाका गणेश कार्की ३ हजार ७ सय ९ मतसहित पहिलो स्थानमा कायम छन्। उनलाई श्रम संस्कृतिका अमिर मगरले २ हजार ९ सय ७६ मत हासिल गर्दै पछ्याइरहेका छन्। यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा २ हजार ९ सय ५६ मतसहित तेस्रो स्थानमा छन्।

मोरङ क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। सन्तोष राजवंशी १९ हजार ९ सय १६ मतसहित पहिलो स्थानमा रहेका छन्। उनलाई दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९ हजार १९ मतसहित पछ्याइरहेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ७ हजार २ सय ९६ मतसहित तेस्रो स्थानमा छन्।

मोरङ ५ मा रास्वपाकी आशा झा ८ हजार २ सय ३४ मत हासिल गर्दै पहिलो स्थानमा रहेकी छन्। जनता समाजवादी पार्टी नेपालका राजकुमार यादव ३ हजार ३ सय ६० मत पाएर दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका फुलकुमार लालवानी ३ हजार ४७ मतसहित तेस्रो स्थानमा छन्।

मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकी रुविना आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्। आचार्य २६ हजार ५ सय ८५ मतसहित पहिलो स्थानमा रहेकी छन्। सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला ७ हजार १ सय ६७ मतसहित दोस्रो स्थानमा छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकाल भने ४ हजार ८ सय ३१ मतसहित तेस्रो स्थानमा छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?