अ
+
अ
अ
-
रुकुम पश्चिम– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार रहेका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन्।
जारी मत गणनाअनुसार शर्माले ७२६ मत प्राप्त गर्दै अग्रता लिएका हुन्। शर्माले पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको नेकपा छाड्दै प्रलोपा गठन गरेका थिए।
शर्मालाई नेकपा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा (अनल)ले पछ्याइरहेका छन्। उनले ५५४ मत प्राप्त गरेका छन्। कांग्रेसका राजु केसीले २३७ मत प्राप्त गरेका छन्।
नेकपाका उम्मेदवार गोपाललाई हराउन शर्माले नेकपा एमालेसँग गठनबन्धन गरेका छन्। यसअघिका निर्वाचनमा शर्मा यहीबाट निरन्तर चुनाव जित्दै आएका थिए।
यद्यपि अहिले प्रचण्ड नेतृत्वको नेकपा छाडेपछि उनी आफ्नै गृह जिल्लामा संकटमा रहेको पूर्वानुमान हुने गरेको थियो।